टोखा नगरपालिकाका स्वास्थ्य सेवाको अनुगमन

टोखा नगरपालिकाका स्वास्थ्य सेवाको अनुगमन

कपन अनलाइन

काठमाडौं ,बैशाख १० ।

टोखा नगरपालिकाको  स्वास्थ्य सल्लाहकार समितिले अनुगमन गरेको छ। उपप्रमुख ज्ञानमाया डंगोलको नेतृत्वमा उक्त समितिले आज वडा नं. १ र २ मा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा वडा नं. १ र २ मा विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासहरु र स्वास्थ्य संस्थाहरुबाट प्रदान भैरहेको स्वास्थ्य सेवाको अवस्थाका अनुगमन गरिएको नगर उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छन।

टोखा नगरपालिकाले यहि बैशाख ६ गते नगरपालिकामा बसोबास गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागितामा ११ सदस्यिय स्वास्थ्य सल्लाहकार समिति गठन गरेको थियो ।

नगरपालिकाका  स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई परामर्श,अभिमुखीकरण तथा सहयोग गर्नका लागि बनाइएको समितिमा स्वास्थ्य क्षेत्रका बिज्ञहरुको सहभागिता रहेको छ।

 

तपाइँको प्रतिक्रिया ।