भोको पेट (कविता )

भोको पेट (कविता )

कपन अनलाइन 

काठमाडौं ,बैशाख ७ /प्रकाश अधिकारी 

आज पनि ऊ

सडकमा भोक बिसाएर

लखतरान भएर पल्टिएको छ ।

खाली उसका पैतालाहरु

भत्भति पोलेका छन् आँखामा अन्धकार छ

तिनै आँखा बालेर अन्धकार चिर्न सक्दैन ऊ

त्यही खुल्ला सडकमा

भोको निन्द्रा निदाउँछ

भोलिको उज्यालोको

पर्खाइमा ।।

थाह छैन भोलि

बिहान आउँछ कि आउदैन

उसले पेटभरी खान

पाउँछ कि पाउँदैन

तर पनि

पर्खिरहेछ भोलिको उज्यालो

बिहान एउटा भोकोपेट सडकमा।।

 

उसैलाई छ देशको माया धेरै

जो आफ्नै भूमिमा

खाली पैताला टेकेर हिँडेको

हो देशको माया

ऐस आराम र ढुकुटीलाई

भन्दा

खाली पैताला र भोको पेटलाई

नै हुँदोरहेछ।।

तपाइँको प्रतिक्रिया ।