बुढानिलकण्ठ र टोखा नगरपालिकामा स्थायी बसोवास गर्ने स्वास्थ्यकर्मीहरु संग अन्तरक्रिया गरिने

बुढानिलकण्ठ र टोखा नगरपालिकामा स्थायी बसोवास गर्ने स्वास्थ्यकर्मीहरु संग अन्तरक्रिया गरिने

कपन अनलाइन

काठमाडौं ,बैशाख ५।

काठमाडौं क्षेत्र नं ५ (२) मा रहेका विभिन्न नगरपालिकाका  वडाहरुमा  कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि गरेका पहलहरुको समिक्षा तथा आगामी कार्य योजनाका वारेमा छलफल गरिएको छ।

काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाको अध्यक्षतामा भएको बैठकमा प्रदेस सभा सदस्य भीमसेन खत्री ,सिता लामा ,जिसस काठमाडौं सदस्य सावित्री ढकाल सहित वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।

तिलिंगा टार मावी टोखामा बहेको बैठकमा राहत वितरणका विविध पक्ष ,लक डाउन प्रभावकारी बनाउन चाल्नु पर्ने कदमका वारेमा छलफल गरिएको थियो।

साथै उक्त बैठकले बुढानिलकण्ठ तथा टोखा नगरपालिकामा स्थायी वसोवास गर्ने स्वास्थ्यकर्मीहरु संग बैशाख ६ गते अन्तरक्रिया आयोना गर्ने निर्णय गरेको थियो।

बुढानिलकण्ठ र टोखा नगरपालिकामा बसोवास गर्ने स्वास्थ्यकर्मीहरुहरु संग बैशाख ६ गते १२ बजे बुढानिलकण्ठको भवन र ३ बजे टोखा नगरपालिकाको भवनमा अन्तरक्रिया गरिने प्रदेस सभा सदस्य दिपक निरौलाले जानकारी दिएका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।