लायन्स क्लब अफ काठमाडौं राइजिंग सन सहितका संघ संस्थाहरुले गोकर्णेश्वर ३ मा आकस्मिक रक्तदान गर्ने
कपन अनलाइन
काठमाडौं बैशाख ५। विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण देश लकडाउन भएको पनि तीन हप्ता भन्दा बढी भई सकेको छ।यतिवेला विभिन्न अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगतको चरम अभाव भएको बिभिन्न संचार माध्यम बाट सुनिदै आएको छ।त्यसैलाई मध्यनगर नगर्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं राइजिंग सन सहितका बिभिन्न संघ सस्थाहरुले संयुक्त रुपमा आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ।
वैशाख ६गते शनिबार रेडक्रस सोसाइटी भक्तपुरको प्राबिधिक सहयोगमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा बिहान १० बजे देखि अपरान्ह १ बजे सम्म आकस्मिक रक्तदान कार्यक्रम गर्न लागिएको लायन जयराम बिष्टले जानकारी गराए। उनले लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं राइजिंग सन , लायन्स क्लब अफ काठमाडौं इन्फिनिटी ,लायन्स क्लब अफ काठमाडौं पन्चशिल,काठमाडौं लायन्स क्लब अफ सुन्दरीजल,स्वतन्त्र टोल सुधार समिति, स्वतन्त्र साकोस, कृष्ण सकोस कृष्ण मन्दिर युवा समूह लगायतले संयुक्त रुपमा सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी आयोजना गर्न लागिएको सो कार्यक्रममा सहभागी भइ रक्त दान गर्न अनुरोध गरेका छन्।
कोरोनाको कारण रक्तदाताहरुले स्वास्थ्यको ख्याल गरेर होला रक्तदान नगर्नुभएको,’ दातालाई अपिल गर्दै उनी भन्छन, ‘अन्य बिरामीको स्वास्थ्य र जीवन र मरणको दोसाँधमा परेका व्यक्तिलाई सहयोग गर्नका लागि भए पनि रक्तदान कार्यक्रममा सरिक भइदिनुहोला ।’
थप जानकारी को लागि जय राम बिष्ट :९८४१२५३३०१
द्वारिका श्रेष्ठ: ९८५१०९२६००
राम कृष्ण श्रेष्ठ :९८६६४४२११६
बिमान लामा :९८५१०१६९२८ मा सम्पर्क गर्न सकिन्छ ।