बुढानिलकण्ठ नगरपालिकामा एक जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (RDT ) पोजिटिभ देखियो
कपन अनलाइन
काठमाडौं ,बैशाख ४।
बूढानीलकण्ठ नगरपालिकाले गरेको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा एकजना व्यक्तिमा संक्रमण पोजिटिभ देखिएको छ ।
वैशाख ३ गते बुधवार गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टमा चैत्र ३-४ गते इटाली हुँदै नेपाल आएकी एक युवतीमा बैशाख ३ गते वडा ८ मा गरेको र्यापिड डाइग्नोस्टिक टेस्टमा नतिजा पोजिटिभ देखिएको थियो ।
ति युवतीलाई थप परिक्षण पिसिआरको लागी टेकु अस्पताल पठाइएको र थप जानकारी टेकु अस्पतालले रिपोर्ट दिए पछी बताउन सकिने नगरपालिका स्वास्थ्य शाखा प्रमुख कुमार दाहाल जानकारी दिएका छन।
संक्रमण पोजिटिभ देखिएका बुढानिलकण्ठ -९ बस्ने उनि इटाली हुँदै नेपाल आइपुगेको र २ हप्ता क्वारन्टाइनमा बसेको बताइएको छ ।यस वारेमा आज १ बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने बताएको छ।
तपाइँको प्रतिक्रिया ।