रोहिंग्या बस्ती राममन्दिरका स्थानीयको विरोध,वडाको अनुमतिमा मात्र राहत वितरण हुने
कपन अनलाइन।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को राममन्दिर क्षेत्रमा रहेको गैरकानुनी आप्रवासी रोहिंग्याका कारण सो क्षेत्रमा तनाव सृजना भएको छ । उक्त क्षेत्रमा रहेका रोहिंग्या आप्रवासीहरूले खान नपाएर भोकै परेको खबर विभिन्न संचार माध्यम र सामाजिक संजालमा आए संगै सहयोगको क्रम निकै बढेको थियो ।
नेपाल सरकारको निर्देशन अनुसार राहत विवरण गर्दा वडाको अनुमति लिनुपर्ने प्रावधान बेवास्ता गर्दै व्यक्तिगत र संस्थागत सहयोग हुने गरेको गुनासो स्थानीय बाट प्राप्त गरे संगै वडाले सुचना जारी गरेर सचेत गराएको थियो। धेरै स्थान र श्रोत बाट राहत प्राप्त गर्ने लहर चल्दा धेरै मानिसहरुको सो क्षेत्रमा आवात जावत बढे पछी स्थानीयहरु विरोधमा उत्रिएका हुन्।
बुधवार दुई चिनिया भाषा प्रशिक्षकले सो क्षेत्रमा राहत वितरण गर्न खोजे संगै सो क्षेत्रका स्थानीयहरु विरोधमा उत्रिएका थिए । स्थानीयहरुको विरोध पश्चात उक्त सहयोग सामाग्री वडा कार्यालयमा हस्तान्तरण गरिएको थियो।
बैशाख २ गते पानि सो क्षेत्रमा एक पाकिस्तानी महिला सहित आएको टोलीले राहत वितरण गर्दा वडाको अनुमति नभएको तर उल्टै जनप्रतिनिधि माथि दुर्व्यवहार गरे पछी प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै बैशाख ४ गते पनि बौद्धमा रहेको चिनिया भाषा प्रशिक्षण केन्द्रमा कार्यरत लियो र साइनी नाम गरेका दुई शिक्षिकाले सहयोगका लागि राहत लिएर आए संगै स्थानीय आकोसित बनेका थिए।
सो बस्तीमा दिएको राहत बेलुका बेलिका बेचिने गरेको आरोप लगाउदै स्थानीय =हरुले अवको समयमा कुनै सवारी उक्त क्षेत्रमा छिर्न नदिने भन्दै आक्रोस व्यक्त गरेका थिए।
त्यस पश्चात वडा अध्यक्ष राजु अधिकारि ,सदस्य बिनोद तामांग सहितको समुहले राहत सामाग्री वडा कार्यालयमा हस्तान्तरण गर्ने बताए पछी स्थानीयहरूले राहत बोकेको गाडी फर्काइदिएका थिए।
राहत वितरणका लागे वडा कार्यालयमा अनिवार्य आउनु पर्ने बताउदै वडा अध्यक्ष अधिकारीले अन्य ब्यक्ति प्रवेस रोकथामका नाममा स्थानीयले लक डाउन उल्लङ्घन नगर्न अनुरोध गरेका थिए।
सो क्षेत्रमा धेरै स्थानीय रमिते बनेका थिए भने केहि निकै आक्रोसित बन्दै विरोध गरिरहेका थिए तर उनीहरुले त्यहा प्रकोप बाट बच्ने र अरुलाई बाचाउने कुनै सामाग्री प्रयोग गरेका थिएनन्।
गैरकानुनी आप्रवासीका कारण संक्रमणको खतरा देखिएको सो क्षेत्रलाई पूर्ण शिल गरेर त्यहाँ आउने राहतलाई सिधै वडा कार्यालयमा जम्मा गर्ने वातावरण मिलाउनु पर्ने देखिएको एक स्थानीय नेताले बताएका छन।