काठमाडौं – ७ लाई चन्द्र विनायक पार्क व्यवस्थापन समितिको १ लाख सहयोग

काठमाडौं – ७ लाई चन्द्र विनायक पार्क व्यवस्थापन समितिको १ लाख सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख ३।

काठमाडौं महानगरपालिका वडा नं ७ लाई चन्द्र विनायक पार्क व्यवस्थापन समितिले १ लाख सहयोग गरेको छ। उक्त पार्क ब्यावस्थापन समितिका तर्फ बाट १ लाखको सहयोग वडा अध्यक्ष शुद्ध डंगोललाई हस्तान्तरण गरिएको थियो।

वडामा राहत प्राप्त गर्ने वडावासीहरुको शंख्या बढे संगै अध्यक्ष डंगोलले सहयोगका लागि अपिल गरेका थिए । यस विषम परिस्थितिमा आफ्नो दायित्व निर्वाह गर्दै वडालाई सहयोग गरेको समितिले जानकारी दिएको छ।

त्यस्तै वडा नं ७ लाई श्री गुरु नित्य मिषा :पुचले पनि ३० हजार सहयोग गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।