चम्पादेवी गाउँपालिकालाई समाजसेवी केसी,धमला र घिमिरेको सहयोग

चम्पादेवी गाउँपालिकालाई समाजसेवी केसी,धमला र घिमिरेको सहयोग

कपन अनलाइन
काठमाडौं ,वैशाख ३।

चम्पादेवी गाउँपालिका ओखलढुंगा जिल्ला वडा नं ८ का समाजसेवी  अमृत धमला ,कुमार घिमिरे र कृष्ण केसीले गाउँपलिकालाई सहयोग गरेका छन।

काठमाडौंमा बसोवास गर्दै आएका उनीहरुले गाउँपालिकाका १० वटै वडामा बसोवास गर्ने नागरिकहरुलाई उपलव्ध गराउन साबुन खरिदका लागि सहयोग हस्तान्तरण गरिएको थियो।

काठमाडौंको सरस्वती नगरमा गाउँपालिकाका प्रवक्ता अजय लुइँटेललाई उनीहरुले १४४ पिसका दरले  ५६ कार्टुन साबुन हस्तान्तरण गरेका थिए।

सो अवसरमा कृष्ण केसीले ५० हजार ,अमृत धमलाले ३० हजार र कुमार घिमिरेले २५ हजार वरावरको साबुन सहयोग गरेका थिए भने वडा नं ७ का समाजसेवी दुर्गा बहादुर खत्रीले १ लाख बरावरको सहयोग गरेका थिए।

करिव ४५ सय घरधुरी रहेको चम्पादेवी गाउँपालिकाका प्रत्येक घरमा २ वटाका दरले पुग्ने गरि उक्त सामाग्री सहयोग गरेको समाजसेवी अमृत धमलाले बताएका छन।सबै घरमा पुर्याउने गरि यो सहयोग गरेको बताउदै धमलाले यो जन्मभूमि प्रतिको सानो सहयोग रहेको बताएका छन।

त्यस्तै यस भन्दा अगाडी पनि गाउँपालिकालाई सहयोग गर्दै आएको स्मरण गर्दै समाजसेवी कृष्ण केसीले आफ्नो जन्मभुमी प्रतिको सम्मान व्यक्त गर्नका लागि सहयोग गरेको बताएका छन।

त्यस्तै सहयोग हस्तान्तरण गर्दै समाजसेवी अधिवक्ता कुमार घिमिरेले गाउँपालिकाका सबै घरमा पुर्याउने गरि यो सहयोग गरिएको बताउदै प्रकोप नियन्त्रण र रोकथामका लागि यस्तो पहल गरिएको बताएका छन।

उक्त सहयोग गाउँपालिकाको राहत तथा सामाग्री वितरण निर्देशिका अनुसार सबै घर घरमा पुर्याउने गाउँपालिकाले जानकारी दिएको छ ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।