विपन्न परिवार तथा श्रमिकलाई मेलम्ची नगरपालिकाको विशेष सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख ३।
मेलम्ची नगरपालिकाले कोरोना महामारी कोभिड १९ बाट प्रभावित क्षेत्रमा कार्यरत विपन्न परिवार तथा ब्यक्तिहरुलाइ सहयोग गर्ने निर्णय गरेको छ।
नपगरपालिकाले एक सूचना जारी गर्दै असङठित क्षेत्र तथा श्रमिकहरुलाई घर भाडामा लाउने घरधनीहरुलाई एक महिनाको भाडा छट गर्न निर्देशन दिइएको छ।
त्यस्तै मेलम्ची नगरपालिकाले घरधनी हरुले तिर्नुपर्ने बहाल कर नियमानुसार मिनाहा गर्ने जानकारी दिदै वैदेशिक रोजगारीका लागी श्रम स्विकृती लिएका तर विदेस जान नपाएका ब्यक्तिहरुलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आवद्ध हुन आव्हान गरिएको छ।
तपाइँको प्रतिक्रिया ।