पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा कोरोना र्‍यापिड टेष्ट पाेजेटिभ

पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्ने  ३ जनामा कोरोना र्‍यापिड टेष्ट पाेजेटिभ

कपन अनलाइन

काठमाडौं, बैशाख १ ।काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा रहेका तीन जनामा काेराेना पाेजिटिभ देखिएकाे छ।सनसिटी अपार्टमेन्टमाको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हाे ।प्रहरी स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।

उनीहरु तीनैजना बेलायतमा बस्ने गरेको बताइएको छ । टेकु अस्पतालका अनुसार टेकुमा आइसोलेसन वार्ड नभएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ ।  उनीहरु लकडाउन हुनुभन्दा  पहिले विदेशबाट आएको र आफै सेल्फ क्वारेन्टाइनमा बसेको खुलेको छ ।अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको   छ।प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको बताइएको छ।

तपाइँको प्रतिक्रिया ।