बुढानिलकण्ठ नगरपालिकामा कालोबजारी भए तत्काल खबर गर्नुहोस :उपप्रमुख रमा राई

बुढानिलकण्ठ नगरपालिकामा कालोबजारी भए तत्काल खबर गर्नुहोस :उपप्रमुख  रमा राई

कपन अनलाइन

काठमाडौं बैशाख १ ।

बुढानिलकण्ठ नगरपालिकाले वडा स्तरमा पनि वडा अध्यक्षको संयोजकत्वमा सबै पक्षलाई समावेश गरि वडा स्तरीय बजार अनुगमन समिति बनाई काम भईरहेको नगर उप प्रमुख रमा देबी राइले बताएकी छन।

नगर उपप्रमुख राइले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को संक्रमणबाट नागरिकलाई जोगाउन भएको लकडाउनका कारण प्रभावित भएका नगरबासीहरुको अवस्था र स्वास्थ्य सेवाको बारेमा नियमित रुपमा अनुगमन गरिरहेको बताइन ।

बुढानिलकण्ठ नगरपालिकाका बिभिन्न वडामा दैनिक उपभोग्य सामानको बिक्रि बितरण तथा मौज्दातको अनुगमन गरिनुको साथै दैनिक उपभोग्य सामान बिक्रि गर्ने ब्यबसायीहरू लाई नगरपालिका बाट अनुगमन गर्न आउने टोलिलाई आफ्नो पसलमा भएको मौज्दात बिवरण उपलब्ध गराई सहयोग गरिदिनहुन समेत अनुरोध गरेकी छन  ।

उनले अनुगमनको क्रममा अधिकांश पसलमा दैनिक उपभोग्य सामग्रीको मौज्यात रहेको पनि अनुगमनको क्रममा पाएको बताइन ।उनले बुढानिलकण्ठका कति पय मासु पसलहरुमा बढी मूल्यमा मासु बिक्रि वितरण भई रहेको सुचना प्राप्त गरे पछि त्यस्ता पसलेहरुलाई कारवाहीको लागि सिफारिस गरेको जानकारी दिएकी छन ।

नगर उपप्रमुख राइले स्वास्थ्य संस्थाहरुबाट भैरहेको सेवा प्रवाह, दैनिक उपभोग्य सामानको अवस्था, ज्यालादारी तथा विपन्न वर्गको अवस्था लगायतलाई केन्द्रीत गरेर अनुगमन गरिरहेकी जानकारी दिइन ।

उनले हालसम्म बुढानिलकण्ठ नगरपालिकाका स्वास्थ्य संस्थाहरुबाट प्रदान भैरहेको स्वास्थ्य सेवा सन्तोषजनक रहेको र नगरपालिकाभित्र खाद्य सामाग्रीको पनि अभाव नदेखिएको अनुगमनका क्रममा पाएको जानकारी गराउदै नगरपालिकाले ।

राहत वितरण गरिरहेको पनि बताइन उनले कति पय ठाउमा राहत बितरण गर्दा छुटेका पनि छन् उनीहरुलाई वडा अध्यक्षहरुको समन्वयमा बितरण गरिने पनि बताइन ।

उनले नगरपालिकाभित्र बसोबास गर्ने कोही पनि नागरिक भोकै नराख्ने उद्देश्यका साथ नगरपालिकाले कार्य गरिरहेको बताउदै उपप्रमुख रमा देबी राइले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को संक्रमणबाट जोगिनका लागि लकडाउनको पूर्ण रुपमा पालना गर्न नगरबासीहरुलाई आग्रह पनि गरेकी छिन।

तपाइँको प्रतिक्रिया ।