नयाँ वर्षमा (कविता )

नयाँ वर्षमा  (कविता )

कपन अनलाइन

काठमाडौँ, बैशाख १ /बिनोद चालिसे

नयाँ बर्षमा ,

हत्त पत्त गुन्टा कसेर

आफु बसेको घरको कर वा बहाल समय नतिरेर

पुरानो वर्ष बेपत्ता हुन्छ

हसहस्ती गन्हाएको पुरानो पात्रो

हसहस्ती गन्हाएको पुरानो

क्यालेन्डर

च्यातेर

पला, घडी र दिन बनेर

प्रकृतिले पालुवा हालेको प्रहर

बसन्त डाली डाली घर आँगन टेक्दैछ ।।

 

लक डाउन भित्रको

मौनतालाइ तोडेर

समयको मरुभूमि

उजाडतालाई छिचोलेर

विष्णुमति र बागमतीको

बिशाक्तता पखालेर

हाम्रो अस्तित्वको

रिक्ततालाइ

पूर्णता दिन

आँप र आलुबखडाका

रुखहरुमा

लटरम्म फूल फुलाउदै

लालीगुराँस बन, पाखा

पखराहरुमा

मुस्कुराउदै

आशा र बिश्वासका नविन

किरणहरु भएर

पूर्व क्षितिजका उडाउदै

बिगतमा कबुलेका

उपहारका बक्यौता बुझाउन

घाम भएर आउदैछ

जुन भएर छाउदैछ

हाम्रो घर आगन

गाउँ- शहरमा ।।

 

इतिहासको गर्भलाइ एक्सरे

गर्दै

युद्दहरुमा बिरता प्राप्त

शहीदका टुहुरा

केटाकेटीहरु

किताब र कापी माग्नेछन

हामी संग

पानि चुहिने छाना मुनि

एक जोर नया नाना

र भरपेट भोजन माग्नेछन

बिधवा शहीदका श्रीमतीहरु

सिउँदोमा ओइलाईझरेका

गुराँसको रंगको मुल्य

माग्नेछन

देश र बिदेशमा बलत्कृत

चेलीहरु

अपमान र प्रतिज्ञापत्रमा

सहि छाप खोज्नेछन ।।

 

नया वर्षमा,

हिमालले बगिगएको

हाँसो माग्नेछन

राजनीतिले चोरेको

देशको खुसी माग्नेछ,

सुन भुलाउन सामर्थ्यवान

तराईले

पसिनाको सिंचाई खोज्नेछ

मेची, कोशी र कालीले

आफ्नो

लुटिएको अस्मिता खोज्नेछ

पहाडले पसीना र पौरख

किन्ने पसल खोज्नेछ ।।

 

नयाँ वर्षमा,

मेरो देशले

बाहिर- भित्र

घात, प्रतिघात

र अन्तर्घातले थिल्थिलिएर

भ्रष्टाचार र दुराचारमा

चुर्लुम्म डुबेर

बिरामी र कमजोर

राष्ट्रियता एबम राष्ट्रिय

यथार्थताको र आहेतु

नया पुस्ताको हातमा

स्वाभिमान र निष्ठाको

बेमौसमी

टेकाईदिएको हुनेछ

 आशा र बिश्वासको

पहाड मुनि

सपनाको रुमाल बुन्दै

मानवीय चैतन्यका फाँट हरुलाई

अझै विशाल र फराकिलो पार्दै

पाइलाहरु बढाई रहेको  हुनेछ

 

आमाका फरक फरक

सन्ततीहरुमा

मानब चैतन्यको शास्वत
सत्य
चिन्न र देख्न सक्ने गरि
क्रमश: क्रमश :
ज्ञान रुपी तेस्रो आँखा
खुल्दै गएको हुनेछ ।।
कवि बुढानिलकण्ठ -११ निवासी हुन )
तपाइँको प्रतिक्रिया ।