घरै बसीदिए पनि ठुलो धर्म हुन्छ (गजल )

घरै बसीदिए पनि ठुलो धर्म हुन्छ (गजल )

कपन अनलाइन

काठमाडौं चैत्र ३०/ धन लामिछाने  

 

घरै बसी दिएपनि ठुलो धर्म हुन्छ,,

दान भन्दा पनि उच्च कर्म हुन्छ ।।

 

दया –माया कालको कारण नबनोस,,

रोग सर्ने- सार्ने हातरुका चर्म हुन्छ ।।

 

राहत बाड्दा पिडितको तस्बिर नबनोस,,

किर्ति बढ्ला तिम्रो उसलाई सर्म हुन्छ।।

 

हात थाप्नु बाध्यता हो, रहर होइन ,,

विवशता हुन्छ, पीडा हुन्छ मर्म हुन्छ ।।

 

विधाताको खेल, कसलाई के थाहा,,

दु:ख-सुख आलोपालो  पर्म हुन्छ ।।

 

तपाइँको प्रतिक्रिया ।