कागेश्वरी मनोहरा नगरपालिकामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं चैत्र ३०। कागेश्वरी मनोहरा नगरपालिकामा शनिबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिकाको संयोजन तथा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा शाखाको आयोजनामा उक्त आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको हो १० बजे देखि कागेश्वरी मनोहरा नगरपालिका स्थित राधा कृष्ण मन्दिर प्रांगणमा शुरु भएको कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनबाट नागरिकहरु प्रभावित भएकोले मानव स्वास्थ्यका लागि अत्यावश्यक चिज रगतको कमी हुन नदिनका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा शाखाले जनाएको छ ।
सो कार्यक्रममा नगरपालिका प्रमुख कृष्ण हरि थापा उप प्रमुख बिन्दु सिंखडा पुडासैनी नगर प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी वडा नं ३ का वडा अध्यक्ष राममणि पुडासैनी लगायत स्वास्थ्य कर्मी तथा रक्तदाताहरुको उपस्थिति रहेको थियो ।कोरोना भाइरस (कोभिड १९) का त्रास र प्रतिकुल मौसमको बिच सम्पन्न कार्यक्रममा सहभागि भई कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई आयोजक संस्थाको तर्फ बाट धन्यवाद ज्ञापन गरेका छन।