रगत मौजात सुधारका लागि “एक घर एक रक्तदाता” अभियान

रगत मौजात सुधारका लागि “एक घर एक रक्तदाता” अभियान

कपन अनलाइन

काठमाडौं ,चैत २९।

एक घर एक रक्तदाता अभियानले रगत मौजातमा सुधार कोरोना भाईरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाडौं जिल्ला शाखाले संयुक्त रूपमा “एक घर एक रक्तदाता” अभियान शुरू गरेको दोस्रो हप्तामा प्रवेश गरेको छ ।

यस अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको संयोजनमा ढोकाटोल काठमाण्डू निवासी जेन शाहिको अगुवाईमा भक्तपुर रक्त संचार केन्द्र (ब्लड बैंक) मार्फत मिति २९ चैत्रमा रगत संकलन गरिएको छ। कामपा १९ वडाको ईनायटोल, ढोकाटोल, ताम्सीपाखा, नरदेवी र ढल्कोका १८ जना स्थानीयले रक्तदान गरेका छन्।

 जेन शाहीले  ‘घरघरमा आएर रगतको संकलन गरिने जानकारी प्राप्त भएपछि आफ्नै घरमा रेडक्रस सोसाइटीका सहकर्मीहरुलाई बोलाएर यो रक्तदान कार्यक्रम गरेको जानकारी दिएका छन। ‘लकडाउनको समयमा रगतको अभाव भएको फेशबुकमार्फत जानकारी पाएकोले साथीहरुलाई रक्तदानको लागि अपिल गरेको उनले बताए।

पहिलो पटक रक्तदान गर्नु हुने ३० बर्षीय निरज महर्जनले  रक्तदान  गरेर पुण्य कमाएको महसुस भएको भन्दै  नियमित ३-३ महिनामा यसरी नै रगत दान सवैले गर्नु पर्ने आवश्यकतालाई अझ व्यापक प्रचार प्रसार गर्नु पर्ने कुरामा आयोजकले ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

यस्तो लकडाउनको समयलाई चुनौतीको रुपमा सामना गरेर रक्तदान कार्यक्रम गर्दा व्यक्तिगत सुरक्षाको सबै साधन अपनाइ सावधानिक रुपमा रक्तदान सम्पन्न गरेको महाबौद्ध उपशाखाका सभापति योगेश कुमार शाहीले  बताए ।

यस अभियान गएको साता शुक्रवार देखि संचालनमा आएको हो र सामुहिक प्रयासबाट हाल भक्तपुर ब्लड बैकमा १००० युनिट रगत मौजात रहेको रक्त संचार केन्द्रका प्राविधिक दामोदर नकर्मीले जानकारी दिदै अवको दिनमा  दैनिक  २०० युनिट रगत संकलन भएमा  उपत्यकामा रगत अभाव नहुने उनले बताएका छन।

लकडाउनको समयमा रगतको अभाव हुन नदिन रक्तदान गरेका व्यक्तिहरुको नामावली यस प्रकार छन् :

१)जेन शाही

२)रितेश शाही

३)निरज महर्जन

४)कुमार खड्गी

५)कमला शाही

६)प्रिसल शाही

७)अमन भुजेल

८)प्रगुन महर्जन

९)कविर कुमार शाही

१०)आशा काजी डंगोल

११)सुमन भन्डारी १२)प्रविन खड्गी

१३)अनित खड्गी

१४)रिक्चना शाही

१५)लक्ष्मी खड्गी

१६)प्रवीन महर्जन

१७)बाल कृष्ण महर्जन

१८)उज्जव श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।