कागेश्वरी मनोहरा नगरपालिकालाइ महाबिर पुनको सहयोग

कागेश्वरी मनोहरा नगरपालिकालाइ महाबिर पुनको सहयोग

कपन अनलाइन

काठमाडौँ, चैत्र २९।  कागेश्वरी मनोहरा नगरपालिकालाइ डा महाबिर पुनले सहयोग गरेका छन्।  नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि यसलाई कसरी सामना गर्ने भन्नेमा  स्थानीय सरकार र नागरिक तहबाट विभिन्न पहलहरु भइरहेका छन् । तर, कोरोनाको परीक्षणदेखि उपचारसम्मका प्रक्रियामा आवश्यक विभिन्न सामग्रीहरुको अभाव रहेको कुरा सञ्चारमाध्यममा  आइरहेका छन ।

 खासगरी कोरोनाको बिरामी जाँच गर्दा चिकित्सकले लगाउनुपर्ने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) ड्रेसको अभाव देखिएको छ । यसका लागि नेपालले छिमेकी देशहरु गुहारीरहँदा देशभित्रै यसको उत्पादन गर्न अन्वेषक  डा.महावीर पुन अघि सरेका थिए  । उनले आफैं स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत पीपीई उत्पादन गर्ने प्रक्रिया थालेका  उनले कागेश्वरी मनोहरा नगरपालिकालाइ पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट सहयोग गरेका छन   ।

 उनले कागेश्वरी मनोहरा नगरपालिका मा कार्यरत स्वास्थ्यकर्मीहरूका लागी १२ थान PPE Set निःशुल्क उपलब्ध  गराएका हुन् ।उक्त सामग्री उपलब्ध गराएको मा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले महाबिर पुनको यो सत्प्रयासका लागि आभार ब्यक्त गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।