विपदको बेला एकले अर्कोलाई सहयोग गर्नु पर्छ :एनटीए अध्यक्ष अशोक खड्का
कपन अनलाइन
काठमाडौँ, चैत्र २६। नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का अध्यक्ष अशोक खड्काले विपद को समयमा एक ले अर्को लाइ सहयोग गर्नुपर्ने बताए।उनले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण प्रत्यक्ष मारमा परेका दैनिक मजदुरी गरी गुजारा गर्दै आएका १० परिवारलाई राहत प्रदान गर्दै आएको बताए ।
उनले मंगलबार कागेश्वरी नगरपालिका वडा ४ स्थित डाँछीका मजदुरका परिवारलाई राहत प्रदान गरिएको बताए । प्रदान गरिएको राहतमा चामल, तेल, नुन, दाल र चिनी रहेका छन् । एक परिवारलाई २ हजार १ सय रुपैयाँ बराबरीको राहत सामाग्री प्रदान गरिएको उनले बताए ।
सोमबार पनि एनटीएले कागेश्वरी मनोहरा नगरपालिका वडा ६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासंगै रहेको सुकुमवासी बस्तीका १० घरका परिवारलाई सोही अनुसारको राहत वितरण गरेको थियो ।राहत सामाग्रीका लागि दिल गुरुङ (हङकङ), मन राई (युके), तेक्वान्दोकर्मीहरु ईश्वरमान वज्राचार्य, तिलक लामा, नन्द विष्ट र श्रीकृष्ण खड्का तथा सार्प ट्राभलले आर्थिक सहयोग गरेको बताउदै सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन् । उनीहरुबाट कुल ९१ हजार १ सय ५१ रुपैयाँ संकलन भएको पनि बताए। उनले वास्तविक प्रभावितहरुलाई राहत वितरण गर्ने काम जारी राख्ने पनि बताए ।