नगरपालिकाको कोषमा नेकपा बुढानिलकण्ठको १ लाख ५१ हजार १ सय ११ सहयोग

नगरपालिकाको कोषमा नेकपा बुढानिलकण्ठको १ लाख ५१ हजार १ सय ११ सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत २५  ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बुढानिलकण्ठ नगर कमिटीले नगरपालिकाको विपद व्यवस्थापन कोषमा १ लाख ५१ हजार १ सय ११ रुपैया सहयोग गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का केन्द्रिय सदस्य तथा नेपाल सरकारका विदेस मामिला सल्लाहकार डा.राजन भट्टराई ,बागमती प्रदेसका सचिवालय सदस्य ,बागमती प्रदेस सभा सदस्य दिपक निरौला,बुढानिलकण्ठ नगर सचिव प्रदिप डंगोल ,उप प्रमुख रमा राई सहितको उपस्थितिमा कमिटिका अध्यक्ष रबिन अधिकारीले सहयोग हस्तान्तरण गरेका थिए।

सहयोग ग्रहण गर्दै नेकपा बागमती प्रदेस सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले आर्थिक संगै अन्य स्वयंसेवी सहयोग गरेकोमा नेकपा बुढानिलकण्ठलाई धन्यवाद दिदै अनुगमन ,निगरानी र सचेतनाका लागि अझै सहयोग गर्न आग्रह गरेका थिए ।

त्यस्तै सहयोग हस्तान्तरण गर्दै नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारीले नगरपालिकाले विपद व्यवस्थापनक लागि गर्ने सबै किसिमका गतिविधिमा अपह्नो पार्टीको सृजनात्मक र सक्रिय सहयोग रहने प्रतिवादत्ता व्यक्त गरेका थिए।

साथै उक्त अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का केन्द्रिय सदस्य तथा नेपाल सरकारका विदेस मामिला सल्लाहकार डा.राजन भट्टराईले व्यक्तिगत २० हजार रुपैया उक्त कोषलाई सहयोग गर्दै नगरपालिकालाई कुनै पनि सहयोग परेको खण्डमा आफु जुनसुकै सहयोग गर्नका लागि तयार रहेको प्रतिवादत्ता व्यक्त गर्दै विषम परिस्थितिमा सबै नगरवासीलाई  संयम अपनाउन अपिल गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।