कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि शंखरापुर नगरपालिकाले लकडाउन लाइ थप कडाइ गर्ने :नगर प्रमुख सुवर्ण श्रेष्ठ

कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि शंखरापुर नगरपालिकाले लकडाउन लाइ थप कडाइ गर्ने :नगर प्रमुख सुवर्ण श्रेष्ठ

कपन अनलाइन

काठमाडौं चैत्र २५ । शंखरापुर नगरपालिकाले लकडाउनलाइ थप कडाइ गर्ने भएको छ ।सरकारले विश्वव्यापी महामारीका रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि चालेको कदमअन्तर्गत ‘लकडाउन’ मा सर्वसाधारणको हेलचेक्य्राइँ बढेको र शंखरापुर नगरपालिकामा बाहिरबाट आउने मानिसको चाप बढे संगै स्थानीयको गुनासो लाइ सम्बोधन गर्दै  शंखरापुर नगरपालिकाले लक डाउनलाइ कडाइ गर्ने भएको हो ।

एक ठाउँबाट अर्को ठाउँमा संक्रमण नफैलियोस् भनेर सरकारले एक साताका लागि ‘लकडाउन’ गरेकामा यस अवधिमा सवारी चलाउने, सडकमा अनावश्यक रूपमा आवतजावत गर्ने, दुई–चार जनाको समूहमा भेला हुने जस्ता गतिविधि जारी नै रहेको  भन्दै लक डाउनलाइ थप कडाइ गर्न लागिएको शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराए । सरकारले एक प्रदेश बाट अर्को प्रदेश, एक जिल्ला बाट अर्को जिल्ला र एक स्थानीय निकाय बाट अर्को स्थानीय निकाय आवत जावतमा सरकारले रोक लगाए संगै स्थानीय सरकार पनि लक डाउन सफल बनाउन र कोरोना संक्रमण फैलन नदिन कडा रूपमा प्रस्तुत हुने  लागेको उनले बताए ।

उनले बिशेष गरि नाकाहरु चौकी भन्ज्याङ, नाङले स्वास्थ्य चौकी अगाडी, जहरसिंह पौवा कात्तिके, साँखु र इन्द्रायणीमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी  सहितको हेल्थडेस्क स्थापना गरि  बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म खटाउन लागेको पनि जानकारी गराए ।लक डाउनलाई थप कडा बनाउन  उनले  सर्बदलीय बैठक बसी दुग्ध संकलन तथा ढुवानी बन्द गर्नुको साथै चिया पसल, होटेल तथा भट्टी पसल र मासु पसल पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जानकारी गराए । त्यसैगरी बाहिर बाट आउने तरकारी बाट समेत कोरोना भाइरस आउन सक्ने सम्भावनालाई मध्य नजर गर्दै बाहिर बाट आउने तरकारी पुर्ण रूपमा आयात निर्यात बन्द गर्ने निर्णय समेत बैठकले गरेको जानकारी गराए ।लक डाउनलाई प्रभावकारी बनाउन दलका प्रतिनिधिलाई समेत परिचालन र समन्वय गर्ने निर्णय गरेको बताउदै  मेलम्ची र मन्दनदेउपुर नगरपालिका सँग समेत सहकार्य गरि लक डाउन पुर्ण रुपमा पालना गराउन कडाइ गर्ने मेयर श्रेष्ठले जानकारी गराए ।

कोरोना भाइरस दोस्रो चरणमा प्रबेश गरेको अबस्थामा स्थानीय निकायलाई प्रभावकारी बनाउन निर्देशन प्राप्त भएको बताउदै  ‘अहिले सरकारले गरेको कार्य सबैको हितका लागि गरिएको हो, त्यसैले सबैले नियम मान्नुहुन्छ भन्ने लागेको छ, सबैलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन पनि उनले सबैलाई अनुरोध गरेका छन। उनले अनावश्यक हिडडुल नगर्न र चोक चोकमा नबस्न अनुरोध गर्दै त्यस्तो कार्य गरेको पाइएमा प्रशासनले कारवाही गर्ने पनि बताए ।

उनले सोमबार आफु सहित उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठ, महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक गोबिन्द पन्थी र शंखरापुर नगरपालिका स्वास्थ्य प्रमुख बिष्णु प्रसाद चापागाईं सहित को टोलीले  चौकी भञ्ज्याङ् , नाङ्लेभारे जहरसिंह पौवा  कात्तिके  लगायतको नाकाहरुको स्थलगत निरीक्षण गरि आवश्यक  तयारी गर्न  सम्बन्धित वडाका वडा अध्यक्षहरु र स्वास्थ्य इन्चार्जहरुलाइ निर्देशन  दिएको पनि बताए ।

फोटो :शंखरापुर न्युज

 

तपाइँको प्रतिक्रिया ।