गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा राहतको कुपन वितरण शरु

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा राहतको कुपन वितरण शरु

कपन अनलाइन

काठमाडौँ, चैत्र २५ ।।गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले  आइतबार  बाट राहत वितरण  गर्न शुरु गरेको छ ।  वडाले आइतबार  वडा समितिको बैठक पश्चातकोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक  लगाइएको अवस्थामा गोकर्णेश्वर नगरपालिकामा ४ मा  बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ  घर घर पुगेर राहत को लागि कुपन वितरण  गर्ने निर्णय गरिएको थियो  । सो कुपन प्राप्त व्यक्तिले निश्चित पसलबाट तोकिएको राहत बराबरको सामग्री प्राप्त गर्नेछऩ।

राहत वितरण गर्दा  भिड भाड हुने र कोरोना संक्रमण फैलिने परिस्थिति आउन सक्ने जोखिमलाई ख्याल गर्दै नेपाल सरकारको निर्देशन अनुसार भिडभाड नहुने गरि सक्कली समस्यामा परेका व्यक्ति/परिवारहरुको पहिचान गरि घर-घर मा गई राहत कुपन  बितरण  गरिएको हो ।

राहत वितरण पहिलो चरणमा दैनिक मजदुरी गरि खाने अति भन्दा अति बिपन्न बर्गका पिडितहरुले मात्र पाउने जानकारी गराउदै  यस असहज परिस्थितिमा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग,असहाय र अति बिपन्न परिवारबाहेकका ब्यक्तिहरुले राहत सामग्री नबुझ्न पनि वडा अध्यक्ष श्री कुमार श्रेष्ठले अनुरोध गरेका छन्  । आइतबार वडाका बिभिन्न स्थानमा वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा सदस्य जयराम महत, उमा थापा, बिष्णु सुनाम, बालकृष्ण श्रेष्ठ सहित स्वयम सेवकहरु घर घर पुगेर राहतको कुपन वितरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।