काठमाडौं महानगरपालिका वडा नं ३१ मा २१६७ घर परिवारलाई राहत बितरण

काठमाडौं महानगरपालिका वडा नं ३१ मा  २१६७ घर परिवारलाई राहत बितरण
कपन अनलाइन
काठमाडौं ,चैत २४।
काठमाडौं महानगरपालिका वडा नं ३१ ले सो वडा भित्र वसोवास गर्ने असहाय, अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने (संगठित संस्थामा काम गर्ने बाहेक) श्रमिक समेतलाई राहत बितरण जारि राखेको छ ।
निवेदन फाराम भरेका तथा तोकिएको मापदण्ड पुरा गरेका फारामलाई सर्वदलीय संयन्त्रले छलफल गरि उपयुक्त ठहर्याएका २१६७ घर परिवारलाई राहत बितरण गर्न लागिएको संयन्त्रका संयोजक समेत रहेका बाग्मती प्रदेश सभाका सांसद गणेश दुलालले बताए ।
बागमती प्रदेस सरकारको निर्णय अनुसार अनुगमन तथा सहजिकरण गरिरहेका सांसद दुलालले राहत वितरणका लागि सो वडाका आठ स्थानबाट बिहान ९ बजे पश्चात बेलुकी ४ बजे सम्म समय तय गरिएको जानकारी दिए।
यसरी तयार गरिएका केन्द्रहरुमा जागृतिनगरबाट ११७ परिवार, नागेन्द्र कान्छा चोकबाट १०० परिवार, भिमसेनगोला वडा कार्यालयबाट २०० परिवार, देउराली क्लबबाट २०० परिवार, चौतारी क्लवबाट १५० परिवार, शान्तिनगर इमाइल एकेडेमी स्कुलबाट २०० परिवार, आलोकनगर संखमूलबाट २०० परिवार र सुकुम्बासी बस्तीमा  १००० परिवार गरि जम्मा २१६७ पोका राहत बितरण गरिने छ  ।
परिवार सदस्य संख्याको आधारमा राहत वितरण गर्ने निर्णय भए बमोजिम एक व्यक्ति परिवार, दुई देखि चार जना सम्मको परिवार, पाॅच  वा सो भन्दा बढि रहेको परिवार समेत गरि ३ समुहमा विभाजन गरेर राहत वितरणका लागि अगाडी बढिएको वडा अध्यक्ष नारायण भण्डारीले बताए ।
राहत सामाग्रीमा चामल, दाल, नुन, तेल, तरकारी (आलुप्याज) र चिउरा परिवार सदस्य संख्याका आधारमा तोकिएको पद्दती अनुसार चामल- ४केजी/१२ केजी/१६ केजी, दाल- १ केजी/२ केजी/३केजी , नुन-१ पोका , तेल- आधा लिटर/ आधा लिटर / १ लिटर, आलुप्याज- १ केजी/३ केजी/४केजी र चिउरा- १केजी/२ केजी/ ३ केजी बितरण गरिने जानकारी दिए  ।
तपाइँको प्रतिक्रिया ।