गोकर्णेश्वर नगरपालिका वडा नं ८ डांडा गाउमा राहत वितरण
कपन अनलाइन
काठमाडौँ, चैत्र २४ गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा पहिलो चरणको राहत वितरण गरिएको छ। आइतबार गोकर्णेश्वर नगरपालिका वडा नं ८ डांडागाउ महांकाल भैरबमा राहत वितरण गरिएको हो ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा गोकर्णेश्वर नगरपालिकामा ८ मा बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ राहत वितरण गरिएको हो ।अपरान्ह १२ बजे बाट वडा अध्यक्ष मनोजकुमार ढुंगाना वडा सदस्य नन्द लाल श्रेष्ठ, वडा सदस्य डम्बर श्रेष्ठ वडा सदस्य एबम काठमाडौं जिल्ला समन्वय समिति सदस्य सान्नानी लामा दलित महिला वडा सदस्य सोबिता मिजार सहितको उपस्थितिमा राहत वितरण गरिएको थियो ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा बसोबास गरि असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ राहत वितरण गर्नको लागि लगत फारम संकलन गरिएको थियो। सोहि बिवरणको आधारमा गोकर्णेश्वर नगरपालिका बाट प्राप्त राहत वडा नं ८ ले राहत वितरण गरेको हो ।

एउटा परिवारको लागि राहत सामाग्री निम्न अनुसार रहेको थियो।
चामल – ५ किलो
मुसुरो को दाल -१ किलो
चिउरा- १ किलो
चिनी- १ किलो
तेल- आधा लिटर
मसला – १ प्याकेट
नुन – १ प्याकेट
हात धुने साबुन- १ प्रदान गरिएको थियो।

सो राहत वितरण कार्यमा वडाका कर्मचारी वडा सचिब सुदिप हमाल कर्मचारी सुस्मिता लामिछाने, नगर प्रहरी , सामुदायिक प्रहरी, कर्मचारी डांडा गाउ टोल सुधार समितिका अध्यक्ष राजेश दाहालले राहत वितरण कार्यमा सहयोगी भूमिका खेलेका थिए। आइतबारनै डांडा गाउ पश्चात पहिच्लो चरणको राहत वितरण कार्यक्रम अत्तरखेल स्थित नेपाली बजार क्षेत्रमा राहत वितरण गर्ने भनिएता पनि अत्याधिक भिडभाडको कारण सो स्थानको राहत वितरण कार्यक्रम स्थगित गरिएको पनि वडा अध्यक्ष मनोजकुमार ढुंगानाले बताए । साथै उनले अब वडा समिति परिचालित भई घर घरमा गइ बिपन्न बर्ग सक्कल रुपमा पहिचान गरि वडा समितिले राहत वितरण गर्ने जानकारी दिदै अन्य चरणको राहत कार्यक्रम स्थगित गरिएको पनि बताए ।
