काठमाडौं महानगरपालिका वडा नं ९ का ८८९ परिवारलाई राहत
कपन अनलाइन
काठमाडौं ,चैत २३।
काठमाडौं महानगरपालिका वडा नं ९ ले ८८९ परिवारलाई राहत दिएको छ ।
वडाबाट वितरण भएको राहतका बिषयमा जानकारी दिँदै वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ ले महानगरका तर्फबाट ४३५ परिवारलाई राहत सहित राष्ट्रिय गैरसरकारी संस्था महासंघबाट प्राप्त २६० प्याकेट र मारवाडी सेवा समितिबाट प्राप्त १९१ प्याकेट राहत बाँडिसकेका बताए ।
बिदेशबाट फर्केर वडामा बसोबास गरेको अहिलेसम्म सूचना नआएको जानकारी दिँदै श्रेष्ठले आवश्यक परेका बेला क्वारेन्टाइन बनाउन मिल्ने ठाउँ खोजिसकेको बताए।
त्यस्तै वडामा रहेका करिव ३ सय अव्यवस्थित बस्तीमा पनि संक्रमण नियन्त्रण र राहत वितरणको योजना रहेको जानकारी दिदै श्रेष्ठले वडामा अहिले सम्म विदेस बाट आएको नागरिकको सुचना नआएको जानकारी दिएका छन।
करीब ९ हजार घरधुरी रहेको वडामा ११ हजार मतदाता छन् ।वडामा भएका अति बिपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने परिवारको फारम भराउँदा करीब १२०० आएको वडाले जानकारी दिएको छ।