उद्योग परिसंघ द्वारा बागमती प्रदेशलाई खाद्यान्न हस्तान्तरण 

उद्योग परिसंघ द्वारा बागमती प्रदेशलाई खाद्यान्न हस्तान्तरण 
कपन अनलाइन
हेटौंडा, चैत २३ ।
उद्योग परिसंघ  बागमती प्रदेशले १० हजार किलो खाद्यान्न  बागमती प्रदेश सरकारलाई उपलब्ध गराएको छ । उद्योग परीसङ्घ बागमती प्रदेशका संयोजक ऋषिराम घिमिरे, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज सापकोटाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई १० किलोका दरले १ हजार वटा प्याकेट खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
लकडाउनको समयमा दैनिक जीवन यापन गर्न समस्या भएकालाई सो खाद्यान्न उपलब्ध गराउने मुख्यमन्त्री पौडेलले बताउदै   आधारभुत आबश्यकता पुरा गराउने उद्देश्यले गरिएको सहयोग प्रति मुख्यमन्त्री पौडेलले धन्यवाद दिएका थिए  ।
कोरोनाको कारण देश लकडाउन भएपछि दैनिक जीवन यापनमा नै समस्या परेकालाई मात्र खाद्यान्न बितरण गरीने उन को भनाई रहेको थियो   । एउटा  प्याकेटमा ५ किलो चामल,२ किलो चिउरा,एक केजि दाल,एक केजि नुन,एक लिटर तेल रहेको घिमिरेले जानकारी दिए  ।
मुख्यमन्त्री डोरमणि पौडेलले जिल्ला समन्वय समिति प्रदेश संयोजक रघुनाथ खुलाललाई प्रदेशमा बितरण गर्न खाद्यान्न हस्तान्तरण गरेका थिए  ।
खुलालले खाद्यान्न प्रदेशका जिल्ला जिल्लामा बितरण गरीने जानकारी दिदै  बितरण गर्दा अति बिपन्न परीवारलाई प्राथमिकतामा राखीने खुलालले बताउए  ।
तपाइँको प्रतिक्रिया ।