गजुरी गाउँपालिकाका विपन्न नागरिकलाई सहयोग गर्न खाद्य बैंक(Food Bank ) स्थापना

गजुरी गाउँपालिकाका विपन्न नागरिकलाई सहयोग गर्न खाद्य बैंक(Food Bank ) स्थापना

कपन अनलाइन।

धादिङको गजुरी गाउँपालिकाले खाद्य बैंक शुरु गरेको छ ।लकडाउनका कारण गाउँपालिका विपन्न परिवारहरुलाई राहत उपलव्ध गराउने उदेस्यले सो बैंक स्थापना गरिएको गाउँपालिकाले जनाएको छ।

कोरोनाका कारण लम्बिदै गरेको लकडाउनले प्रभावित हुने परिवारलाई खाद्यान्न सहयोग गर्न सो बैंक स्थापना गरेको  उपाध्यक्ष सीता ढुंगानाले जानकारी दिएकि छन  ।

नगद राहात दिन नसक्नेहरुले फूड बैंकमा सहयोग पठाउन सक्ने बताउदै  गाउँपालिकाले उक्त बैंकमा दाल, चामल गेडागुडि, मसला, तरकारीलगायतका वस्तु जम्मा गर्न सकिने जानकारी दिएको छ।

शुक्रबार स्थापना गरिएको खाद्य बैंकमा हालसम्म १२० किलो चामल र चार बोरा हरियो सीमी प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

फूड बैंक सञ्चालनका लागि गाउँपालिकाले उपाध्यक्षको संयोजकत्वमा पाँच सदस्सीय टास्क फोर्स गठन गर्दै  बैंकमा सहयोग प्राप्त गर्न समाजिक अभियान चलाउनेदेखि प्राप्त भएको खाद्यान्न गाउँपालिकाले छनोट गरेका विपन्नलाई बाँड्नेसम्मको जिम्मेवारी सो फोर्सलाई  दिएको छ।

गाउँपालिकाको अपिल :

तपाइँको प्रतिक्रिया ।