गोकर्णेश्वर ३मा दैनिक ज्यालादारी गर्ने अति बिपन्न श्रमिकहरुले मात्र राहतको लागि नाम टिपाउन वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीको अनुरोध
कपन अनलाइन
काठमाडौं चैत्र २३। गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले राहत वितरणको लागि गोकर्णेश्वर नगरपालिका वडा नं ३ को साबिक बालुवा गाबिस १ देखि ९ सम्मको लागि स्वयं सेवकहरु लागि परेको बताए।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा गोकर्णेश्वर नगरपालिकामा ३ मा बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ राहत वितरण गर्नको लागि स्वयं सेवकहरु द्वारा लगत फारम संकलन भईरहेको जानकारी गराउदै बास्तविक असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारको बिवरण संकलनको लागि सहयोग गरिदिन पनि अनुरोध गरेका छन् ।
उनले राहत वितरण पहिलो चरणमा दैनिक मजदुरी गरि खाने अति भन्दा अति बिपन्न बर्गका पिडितहरुले मात्र पाउने जानकारी गराउदै उनले यस असहज परिस्थितिमा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग,असहाय र अति बिपन्न परिवारबाहेकका ब्यक्तिहरुले राहत सामग्री नाबुझिदिन र राहतको लागि फारम समेत नभरी दिन पनि उनले सबैलाई अपिल गरेका छन् ।उनले राहत फारम को लागि निम्न ब्यक्तिलाइ सम्पर्क गर्न सकिने बताए।
साबिक बलुवा वडा नं ९ किरण बहादुर बिष्ट : ९८४१३३३४९४
साबिक बालुवा वडा नं २ गोकुल बिष्ट : ९८५१००११२२
साबिक बालुवा वडा नं ३ हर्क बहादुर तामाङ:९८४१३८८६६७
साबिक बालुवा वडा नं ४ लक्षमण कुमार लामा :९८४१५७१७९६
साबिक बालुवा वडा नं ५ बिमान लामा :९८५१०१६९१८
साबिक बालुवा वडा नं ६ मुरारी प्रसाद भण्डारी : ९८४१४१८७०
साबिक बालुवा वडा नं ७ राम कृष्ण श्रेष्ठ: ९८६६४४२११६
साबिक बालुवा वडा नं ८ लक्ष्मी भण्डारी :९८४१५८०५३४
साबिक बालुवा वडा नं ९ राज कुमार केसी :९८६०४६७५०१ लाइ सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
