पाँचपोखरी थाङ्पाल वडा नं ३ भोताङ र ४ थङपालकोटमा प्रकोप रोकथाम तयारीको निरीक्षण
कपन अनलाइन
काठमाडौं ,चैत २२।
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नं ३ भोताङ र ४ थङपालकोटमा कोरोना कोभिड १९ को प्रकोप रोकथाम तथा स्वास्थ्य अवस्थाको निरीक्षण गरिएको छ ।
गाउँपालिका अध्यक्ष टासी लामा, प्रहरी प्रमुख भिम बहादुर माझी स्वास्थ शाखा प्रमुख आत्माराम धिताल सहितको टोलीले उक्त वडाहरुमा भएका सचेतना, राहत र आपतकालीन सहयोगका वारेमा छलफल गरेका थिए।
गाउँपालिका भित्र विदेस र नेपाल भित्रकै अन्य स्थान बाट आएका नागरिकको स्वास्थ्य परिक्षणलाई निरन्तरता दिदै क्वारेन्टाइन स्थल निर्माण सम्पन्न गरेको गाउँपालिकाले अन्य वडामा पनि आवस्यक तयारी गरेको छ।
तपाइँको प्रतिक्रिया ।