गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएकाहरुको तथ्यांक संकलन जारी
कपन अनलाइन
काठमाडौं चैत्र २२ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा देशभर घोषणा गरिएको लकडाउनका कारण समस्यामा परेका कारण विपन्न परिवारलाई राहत वितरण गर्नको लागि तथ्यांक संकलन कार्यलाई द्रुत बनाइएको छ । वडाका बिभिन्न स्थानमा वडा अध्यक्ष श्री कुमार श्रेष्ठ र वडा सदस्यहरु सहित स्वयं सेवकहरु बिहानै देखि तथ्यांक संकलन गरिरहेका छन। वडाका बिभिन्न स्थानमा वडा सदस्यहरु जयराम महत उमा थापा बिष्णु सुनाम बालकृष्ण श्रेष्ठसहित स्वयं सेवकहरु तथ्यांक संकलन मा जुटिरहेका छन् ।
वडामा बसोवास गर्ने दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका अनाथ, पूर्ण अपांग एवम् विपन्न महिला तथा बालबालिकाको विवरण संकलन गरी वडा कार्यालयमा पठाएको वडा सदस्य जयराम महतले कपन अनलाइनलाइ बताए। उनले वास्तविक प्रभावितहरु नछुटुन भनेर घर घर टोल टोल पुगेर बिवरण संकलन गरिरहेको बताए।उनले कोरोना संक्रमणका कारण विश्व नै तहसनहस बन्दै गएका अवस्थामा प्रत्येक नागरिक यसबाट जोगिनका लागि सचेत बन्नुको विकल्प नभएको बताए । तथ्यांक संकलन पश्चात नगरपालिका बाट प्राप्त राहत वडाले वितरण गर्ने पनि बताए ।
त्यस्तै तथ्यांक संकलन कार्यमा सहयोग गर्ने स्वयं सेवक लाक्स श्रेष्ठ र कमल परियारले वडामा विभन्न जिल्ला बाट आएका र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका बिपन्न बर्गका श्रमिकहरुको बिवरण संकलन गर्दा सामाजिक दुरी कायम गरिएको पनि बताए ।