कपन शान्ति विकास समाजका घरधनीहरु द्वारा भाडामा बस्ने विपन्नलाई राहत वितरण

कपन शान्ति विकास समाजका घरधनीहरु द्वारा भाडामा बस्ने विपन्नलाई राहत वितरण

कपन अनलाइन 

काठमाडौं ,चैत २२।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको कपन शान्ति विकास समाजले राहत वितरण गरेको छ।उक्त विकास समाजले आफ्नो क्षेत्र भित्र रहेका घरमा कोठा भाडामा लिएर बस्ने विपन्न परिवारहरुलाई राहत वितरण गरेको थियो।

सो अवसरमा विपन्न परिवारहरुलाई चामल,दाल तथा अन्य खाध्य सामाग्री वितरण गरिएको थियो। सो क्षेत्रमा रहेका घरधनीहरुको आर्थिक तथा जिन्सी सहयोगमा राहत संकलन गरिएको थियो।

कपन शान्ति विकास समाज क्षेत्र भित्र बाट राहत वितरणको लागि स्थानीय घरधनीहरुको पहललाई धन्यवाद दिदै वडा सदस्य भगवती निरौलाले वडाले अन्य क्षेत्रमा पनि स्थानीयहरुको सहकार्यमा विपद व्यवस्थापनको काम गर्ने बताएकी थिइन्।

आफ्नो क्षेत्रका टहरा तथा कोठा भाडामा लिएर बस्ने विपन्न परिवारहरुलाई स्वेच्छाले आर्थिक तथा भौतिक सहयोग लिएर यो राहत उपलव्ध गराइएको समाजका अध्यक्ष मदन गौतमले जानकारी दिएका थिए।

सो राहत वितरणको प्रदेस सभा सदस्य कुसुम कुमार कार्की ,प्रेस संगठन बागमती प्रदेस प्रमुख विश्वमणि सुवेदी, नगर प्रवक्ता नवराज भट्टराई सहित संचारकर्मिको टोलीले अनुगमन गरेको थियो।

 

 

 

तपाइँको प्रतिक्रिया ।