बुढानिलकण्ठ-५ मा राहत वितरण ,सचेतना तथा विपद व्यवस्थापनका लागि विभिन्न समितिहरु गठन
कपन अनलाइन
काठमाडौं ,चैत २२ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा राहत वितरण ,सचेतना तथा विपद व्यवस्थापनका लागि विभिन्न समितिहरु गठन गरिएको छ । बागमती प्रदेश सरकारको निर्णय अनुसार प्रदेस सभा सदस्य दीपक निरौलाको संयोजनमा काठमाडौ क्षेत्र नं ५(२) अन्तर्गत रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं ५ यी समितीहरु गठन गरिएको हो ।
वडा अध्यक्ष विजय तामाङ्गको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सभा सदस्य दीपक निरौला, नेकपा नगर कमिटी सदस्य किरण शाह ठकुरी ,वडा सदस्यहरू क्रमशः श्याम कृष्ण ठकुरी,बद्री प्रसाद दुलाल,हेप्सीवा तामाङ्ग, तारा रोक्का, नेकपा का प्रतिनिधिहरु नारायण दुलाल र अर्जुन लामा ,नेपाली काङ्ग्रेसका प्रतिनिधि राम दुलाल र विजेन्द्र पुडासैनी ,राप्रपा प्रतिनिघी खेमराज खरेल,युवा समाजसेवीहरु क्रमशः हरि दुलाल,नारायण लामा (डेभिड), रमेश दाहल, प्रनिल महर्जन ,प्रहरी प्रतिनिधि टिकाराम भण्डारी , चिसेनी युवा क्लबका अध्यक्ष लक्ष्मण रोक्का ,गणेश युवा क्लबका संस्थापक अध्यक्ष दिपु बस्नेत र वडा कार्यालय सचिव रेशम महतारा लगायतको उपस्थिति रहेको थियो ।
बैठकले ५ जना जनप्रतिनिधिले वडालाइ ५ भागमा विभाजन गरेर जिम्मेवारी बहन गर्ने निर्णय गर्दै निम्नानुसार कार्यविभाजन गरिएको छ ।
१)बिजय तामाङ्ग
(डाडा गाउँ ,टुसाल)
२)श्याम मल्ल ठकुरी
(विष्णुमति नदिदेखी पुर्वतर्फको भुभाग: ठकुरी टोल,रोडसो हाउजिङ्ग टोल,देउला टोल ,लामा टोल आदि)
३) बद्री प्रसाद दुलाल
(विष्णुमती खोला देखि पश्चिमतर्फ प्रलाद रायमाझीको घर सम्म : दुलाल टोल,वडा कार्यालय परिसर,पुल वरपर आदि)
४) तारा रोक्का
(स्कोन मन्दिर देखि कोलोनी होली डे रिसोर्ट सम्म :तल्लो चिसेनी, हरेकृष्ण मन्दिर वरपर,रोक्का टोल,बसाह मन्दिर परपर आदि)
५)हेप्सीवा तामाङ्ग
( माथिल्लो चिसेनी : घुम्ती,आलडाडा,आइतबारे पार्क आदि)
साथै सो बैठकले खाद्द सामाग्री उप समितिमा बद्री प्रसाद दुलाल , स्वास्थ उप समितिमा तारा रोक्का , शान्ती सुरक्षा उप समितिमा श्याम कृष्ण ठकुरी र सुचना उप समितिमा हेप्सीवा तामाङ्गलाई संयोजकको जिम्मा दिएको छ ।