कालीमाटी फलफूल तथा तरकारी बजारभित्र तरकारीको खुद्रा व्यापार बन्द भयो

कालीमाटी फलफूल तथा तरकारी बजारभित्र तरकारीको खुद्रा व्यापार बन्द भयो

कपन अनलाइन

काठमाडौं ,चैत २२।

तरकारी बजारमा हुने अधिक भिडभाडले कोरोनाको जोखिम बढाउने कुरालाई विशेष  ध्यानमा राख्दै अब कालीमाटी फलफूल तथा तरकारी बजारभित्र तरकारीको खुद्रा व्यापार नहुने भएको छ ।

कालिमाटी भित्र रहेका खुद्रा पसल सञ्चालनमा रोक लगाउने सहमति भएको हो । व्यवसायीहरु सँगको  सहमतिमा सो  क्षेत्रमा रहेका ६५ वटा पसल बन्द गर्ने निर्णय भएको बजार विकास समितिले जनाएको छ ।बजार व्यवस्थित गर्नेबारे शुक्रबार जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, व्यापारिक संघ, संस्थासहित छलफल भएको थियो ।

शनिबारदेखि बजारभित्र खुद्रा पसल बन्द गरिनुका साथै  दुईपांग्रे सवारीसाधन समेत प्रवेश निषेध गरिएको छ ।बैठकले बजारभित्र थोकका तरकारी तथा फलफूल बिक्री गर्ने व्यवसायीलाई पनि ठूला प्याकेजिङमा मात्रै बिक्री गर्न आग्रह गरेको छ ।

लकडाउनका कारण चैत १६ देखि कालीमाटी तरकारी बजार होलसेल खरिद बिक्रीका लागि बिहान दुईदेखि सात बजेसम्म र खुद्रा बिक्रीका लागि साँझ पाँच देखि सात बजेसम्म खुल्ला हुँदै आएको छ ।

 

तपाइँको प्रतिक्रिया ।