दुधौली नगरपालिका-१ का वडा अध्यक्ष गोविन्द प्रसाद पहाडी द्वारा समाचारको खण्डन
कपन अनलाइन
सिन्धुली ,चैत २० ।
दुधौली नगरपालिका वडा न १ का वडा ध्यक्ष गोविन्द प्रसाद पहाडीले करिव १ हजार मास्क लुकाएको भनेर प्रकासित भएको समाचारको खण्डन गरेका छन ।
कोरोना संक्रमण फैलिन नदिन नगरपालिकाले वडाबासीलाई वितरण गर्न पठाएको २५ सय मास्कमा १५ सय आएको भन्दै १ हजार मास्क घोटाला गरी नातागोता र आफन्तलाई बाडेपछि दुधौली कांग्रेसमा हंगामा मच्चिएको भन्ने समाचार काल्पनिक र भ्रामक रहेको अध्यक्ष पहाडीले बताएका छन।
कपन अनलाइन संग कुरा गर्दै अध्यक्ष पहाडीले उक्त मास्क तथा सामाग्री वडाका विभिन्न क्षेत्रमा सक्रिय रहेका टोल सुधार समिति र स्थानीयहरुको उपस्थितिमा वडा सचिव हेरम्बराज अधिकारी र कम्प्युटर अपरेटर शान्ति प्रसाद अधिकारीले बुझेको बताएका छन।त्यस्तै उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्न यस प्रकारको प्रचार गरिएकोमा दुख व्यक्त गरेका छन।
उनले सबैको सामु स्वास्थ्य सामाग्री वितरण गरिएको र आगामी दिनमा पनि जनताको प्रत्यक्ष संलग्नतामा यस्ता सामान वितरण गरिने अध्यक्ष पहाडीले बताएका छन।
त्यस्तै अध्यक्ष पहाडीले आगामी दिनमा पनि वडा राहत तथा प्रकोप नियन्त्रणका कामलाई सक्रियता पुर्वक निरन्तरता दिने बताउदै यस्ता प्रचारले कुनै असर नगर्ने बताएका छन।
सो विषयसंग सम्बन्धित कपन अनलाइनलाई प्राप्त तथ्य र सुचनाहरुमा केहि फरक पर्न गएकोले सच्चाइएको छ।