लायन्स क्लब डिस्ट्रिक ३२५ ए१को फुड बैक मार्फत बुढानिलकण्ठ १२मा संचालित द टुविन अटर्श फाउन्डेसनलाइ खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं चैत्र २०। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कपनमा अवस्थित द टुविन अटर्श फाउन्डेसनमा आश्रित बालबालिकाहरुको लागि चैत्र १८ गते लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ए१ अन्तर्गतका लायन्स क्लब अफ काठमाडौं एकेडेमिक र लायन्स क्लब अफ गोकर्णेश्वरले डिस्ट्रिकको फुड बैक मार्फत खाद्यान्न सहयोग गरेको छ ।बिगुटार बिकास फाउन्डेसनको समन्वयमा लायन्स क्लबले सो संस्थालाई सहयोग गरेको हो ।
कोभिड–१९ जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले अङ्गिकार गरेको लकडाउन नीतिबाट दैनिक गुजारा चलाउन अप्ठेरो परेका व्यक्ति तथा संस्थालाई लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ए१अन्तर्गत रहेको फुड बैंक मार्फत सहयोग गर्दै आइरहेको छ। लायन्स क्लबले त्यस्ता असहाय, अपाङ्गता, फरक क्षमता भएका तथा दैनिक ज्यालादारीबाट गुजारा चलाउने व्यक्तिमा परेको समस्यामा सुल्झाउन काठमाडौंको विभिन्न सामाजिक संस्थामा आश्रितहरुलाई खाद्यान्न वितरण गर्दै आइरहेको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले करिब एक महिनालाई पुग्ने आवश्यक चामल ,दाल,नुन,तेल स्यानीटाईजर लगायतको सरसफाईका सामग्री लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल र बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईले संयुक्त रुपमा द टुविन अटर्श फाउन्डेसनमा पदाधिकारीलाइ हस्तान्तरण गरेका थिए ।
उक्त खाद्यान्न वितरण कार्यक्रममा लायन्स क्लबइन्टरनेसनल डिस्ट्रिक ३२५ए१का इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल वर्तमान फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ , चिफ ए ओ जी लायन कर्मा गुरुङ, एरिया कोर्डिनेटर लायन धर्म शरण श्रेष्ठ,लायन पेमा छिरी शेर्पा लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका लायन नेत्र दाहाल लायन्स क्लब अफ काठमाडौं दर्पणका लायन रमेश पराजुली ,बुढानिलकण्ठ नगरपालिका कार्यपालिका सदस्य एबम वडा नं १२ कि वडा सदस्य शान्ता ढकाल लगायत लायन्स सदस्यहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट डिस्ट्रिक्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवालले सरकारले गरेको लक डाउनका कारण खाद्यान्नको अभाब भइ सामाजिक संस्थामा आश्रित ब्यक्तिहरुलाइ समस्या नआओस भनेर सहयोग गरेको बताए। उनले लायन्स क्लबको अन्तर्राष्ट्रिय सिद्धान्त अनुरुप सेवामुलक कार्यलाई अगाडी बढाउदै फुड बैंक द्वारा खाद्यान्न लगायतको अत्यावश्यक सामग्री उपलब्ध गराएको बताए ।
उनले मानवताको नाताले उक्त कार्य गरेको भन्दै सो कार्यक्रमलाइ सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए। उनले हाल लायन्स क्लबले फुड बैंकमा सहयोग गर्ने अभियान चलिरहेको पनि बताए । लायन्स क्लबले बिभिन्न सामाजिक आश्रयस्थलमा सहयोग गर्नको लागि सहयोगी हातहरुले संयुक्त रुपमा संकलित रकम सामाजिक आश्रयस्थलहरुका आश्रितहरुलाई सहयोग गर्न लागिएको पनि बताए।
कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का वर्तमान फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले कोरोना भाइरस कारण उत्पन्न विषम परिस्थितिमा सामाजिक संस्थाहरुमा आश्रितहरु खाद्यान्नको अभाबमा भोकै बस्न नपरोस र मानिसको बाच्न पाउने अधिकारको रक्षा गर्दै लायन्स क्लबको फुड बैंक द्वारा बिभिन्न ठाउमा खाद्यान्न वितरण गर्दै आएको र त्यो निरन्तता स्वरुप यहा पनि सहयोग गरेको बताए । उनले लायन्स क्लब को नारा we serve को नारा सहित सहयोगको कार्यमा सदैब अघि बढिरहने पनि बताए । उनले सो कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए ।
सोहि कार्यक्रममा बोल्दै बुढानिलकण्ठ १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईले सहयोगी दाताहरुलाई धन्यवाद दिदै संकटको बेलामा गरिएको सेवा उत्कृष्ट सेवा हुने बताए ।उनले कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्नका निम्ति घरमै बसी नेपाल सरकार लगायत विश्व स्वास्थ्य संगठनको निर्देशन पालना गर्न अनुरोध गर्दै कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि आत्म संयम हुन र सचेतना अपाउन समेत सबैमा अपिल गरेका छन ।