दुधौली नगरपालिका वडा न १ वडाध्यक्षले कोरोना संक्रमणको मास्क समेत छाडेनन्

दुधौली नगरपालिका वडा न १ वडाध्यक्षले कोरोना संक्रमणको मास्क समेत छाडेनन्

कपन अनलाइन

दुधौली नगरपालिका वडा न १ का वडाध्यक्ष गोविन्द प्रसाद पहाडीले करिव १ हजार मास्क लुकाएका छन  ।

कोरोना संक्रमण फैलिन नदिन नगरपालिकाले वडाबासीलाई वितरण गर्न पठाएको २५ सय मास्कमा १५ सय आएको भन्दै १ हजार मास्क घोटाला गरी नातागोता र आफन्तलाई बाडेपछि दुधौली कांग्रेसमा हंगामा मच्चिएको छ ।

वडाध्यक्ष पहाडीले संकटमा पठाएको १ हजार मास्क नै गायब गरेपछि नगर प्रमुख घनश्याम राउतले कार्यपालिकाका सदस्य समेत रहेका दुधौली १ कै डिल्ली बहादुर भुजेल मार्फत सबै टोलमा टोल सुधार समिति मार्फत वितरण गरिएको थियो ।

भुजेल नेतृत्वमा वितरण गरिएको मास्क साविक हत्पते ७ मा ४०० थान, हत्पते ८ मा ८०० थान, हत्पते ९ मा ७०० थान र हत्पते १ मा १०० थान वितरण गरिएको थियो ।

एकैपटक एउटै गाडी मार्फत मास्क बुझेका दुधौली नगरपालिका वडा न २ का वडाध्यक्ष रितेश राउतसँग कुराकानी गर्दा उनले भने, “एउटै गाडीमा समान साइजमा पठाइएका मास्कका पोकाहरुमध्ये १ को वडाध्यक्ष गोविन्द पहाडीले रोजेर लानुभएको हो । मैले ल्याएको पोकामा २५ सय मास्क हुदाँ उहाँको पोकामा १५ सय मात्र रहेछ भनेको सुन्दा मलाई आश्चर्य लागेको छ ।”

दुधौली १ का एक अगुवा कांग्रेस कार्यकर्तासँग कुराकानी गर्दा नाम नबताउने सर्तमा भने, “नगरपालिकाले पठाएको २५ सय मास्क १५ सय रहेछ भन्दै १ हजार घोटाला गर्नु र भूकम्पको बेला नभत्किएका आफन्त र नातागोताका घरहरु भत्किएको भन्दै राज्यकोष दुरुपयोग गर्नुले वडाध्यक्ष बदनियत बुझिएको छ । फेरि पनि चुनाव आउँछ भन्ने कुरा उनल बिर्सिएका छन् ।

पुनश्च :

यो समाचार प्रकासन पश्चात सम्पर्क गर्दै वडा न १ का वडाध्यक्ष गोविन्द प्रसाद पहाडीले यस समाचारमा कुनै सत्यता नरहेको र आफ्नो राजनीतिक चरित्र हत्या गर्न खोजेको प्रतिक्रिया दिएका छन।

उनले यस संवेदनशील समयमा यस्तो गम्भीर आरोप लागेकोमा दुख व्यक्त गर्दै यसको सत्य तथ्य कुरा बंग्याउन नहुने बताएका छन।

दुधौली नगरपालिका-१ का वडा अध्यक्ष गोविन्द प्रसाद पहाडी द्वारा समाचारको खण्डन

तपाइँको प्रतिक्रिया ।