गोकर्ण बचत तथा ऋण सहकारी संस्थाले दैनिक ज्यालादारी गर्ने श्रमिकहरुलाई राहत वितरण गर्ने
कपन अनलाइन
काठमाडौँ, चैत्र २०। गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा रहेको गोकर्ण बचत तथा सहकारी संस्था लिमिटेडले वडाको समन्वयमा राहत वितरण गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमणबाट जोगिनको लागि सरकारले लागु गरेको लक डाउनका कारण दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुयाएको भन्दै सहकारी संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नं ४ ,७ र ८ नम्बरमा रहेका श्रमिकहरुलाई राहत उपलब्ध गराउने भएको छ ।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो राहत सामग्री वितरण गर्न लागेको संस्थाका अध्यक्ष रोशन बाबु श्रेष्ठले कपन अनलाइनलाइ बताए। उनले लक डाउनले सबैभन्दा बढी असर दिनभर काम गरेर साँझ खाने वर्गलाई परेको हुँदा उनीहरुलाई केहि राहत होस् भनेर सस्थाले भोलि चैत्र २१ गते संस्थाको कार्यलय प्राङ्गण बाट भिड भाड नहुने गरि वडा तथा स्थानीय समाजसेवीहरुको समन्वयमा दैनिक ज्यालादारीमा निर्भर वर्गहरुको पहिचान गरि दिउसो ३ बजे राहत वितरण गर्न लागेको पनि जानकारी गराए ।
उनले कोरोना भाइरसको ठूलो जोखिमबाट जोगिन वर्तमानमा कष्ट उठाउनु सबैको कर्तव्य भएको र घरमै बसेर सुरक्षित रहन तथा लक डाउनलाई इमानदारीसाथ पालना गर्न पनि संस्थाको तर्फ बाट सबैलाई अनुरोध गरेका छन ।