ऊर्जा मन्त्रालयलाई पावर चाइनाको पाँच हजार मास्क
कपन अनलाइन
काठमाण्डौंं,चैत १८
चैत–चीनको पावर चाइना कम्पनीले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका लागि ५ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मास्क अभाव भएका बेला पावर चाइनाले मंगलबार मन्त्रालयलाई मास्क उपलब्ध गराएको हो ।
पावर चाइनाका प्रतिनिधि ली हाइयुआनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर ऊर्जा, जलश्रोत तथा सिंचामन्त्री वर्षमान पुन अनन्तलाई मास्क हस्तान्तरण गरेका हुन् ।
ती मास्क मन्त्रालयअन्तर्गतका नेपाल विद्युत प्राधिकरण र जल तथा मौसम पूर्वानुमान महाशाखा सहित अत्यावश्यक सेवाका कर्मचारीका लागि वितरण गरिने मन्त्री पुनले बताएका थिए । अभावका बेला सदभावपूर्वक मास्क उपलब्ध गराएकामा मन्त्री पुनले पावर चाइनालाई धन्यवाद दिएका थिए ।
तपाइँको प्रतिक्रिया ।