खिजीदेम्बा – ४ खिजीकातीका वडा अध्यक्षको व्यक्तिगत खर्चमा वडावासीलाई साबुन

खिजीदेम्बा – ४ खिजीकातीका वडा अध्यक्षको व्यक्तिगत खर्चमा वडावासीलाई साबुन

कपन अनलाइन
ओखलढुंगा ,चैत १८/पूर्णप्रसाद न्यौपाने
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ खिजीकातीका वडा अध्यक्षले कमलप्रसाद न्यौपानले व्यक्तिगत खर्चमा सबै वडाबासीलाई हातधुने साबुन वितरण गगरेका छन  ।

विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्न नदिन गाउँमा सचेतना र सरसफाईको सन्देश दिन वडा अध्यक्ष न्यौपानेले सबै वडाबासीलाई साबुन उपलब्ध गराएका हुन्  । वडा अध्यक्ष न्यौपानेले २५ हजार रुपैंया बराबरको साबुन खरिद गरेर गाउँका गाउँका ४५० घर परिवारलाई बाढेका थिए । सरसफाईमा ध्यान दिन र स्वस्थ जीवन जिउन आफ्नो क्षेत्रका नागरिकलाई पहिलो चरणमा साबुन सहित सन्देश दिएको वडा अध्यक्ष न्यौपानले बताएका छन  ।

‘हात धोए रोग लाग्दैन अकालमा मर्नु पर्दैन भन्ने विश्वव्यापी सन्देश छ तर गाउँमा त्यसको चेतना कम छ । त्यसलाई सुधार गर्न आवश्यक ठानेँ र व्यक्तिगत खर्चमा सबैका हातहातमा पुग्नेगरि साबुन उपलब्ध गराएँ केही घरमा पुग्न बाँकी छ भोलि सम्ममा पुग्छ ।’ उनले भने ,‘साबुन सहित घरघरमा हातधुने तरिका सिकाउन स्वयंसेवक खटाइएको छ ।

पहिलो पटक जनप्रतिनिधि हुनुको नाताले मैले मेरो क्षेत्रका नागरिकलाई सहयोग गरेँ, अर्को पटक देखि आफैं सरसफाईका सामाग्री किनेर जीवन रक्षाका लागि स्वयं वडाबासी लाग्नु पर्ने उनले बताए।

खिजीकातीका घरघरमा स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयं सेविका मार्फत हातधुने तरिकका सिकाउँदै वडा अध्यक्षले उपलब्ध गराएको साबुन वितरण गरिएको छ ।

वडा अध्यक्षको अभियानमा साथ दिँदै स्थानीय युवा देबकृष्ण खड्काले वडाबासीलाई कपडा धुने साबुन उपलब्ध गराउनु भएको छ । पुनःनिर्माण प्राधिकरण अन्तरगत खिजीकातीमा कार्यरत खड्काले १० हजार रकम बराबरको कपडाधुने साबुन किनेर वडा अध्यक्ष मार्फत गाउँमा वितरण गरेका हुन्  ।
खिजीकातीमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाईएको छ । वडामा हेल्थ डेक्स सञ्चालन गरेर नियमित स्वास्थ्य परिक्षणको काम भईरहेको छ । विदेशबाट आएका र कोरोनाको शंका लागेकाहरुलाई राख्न क्वारेन्टाइन समेत निर्माण गरिएको छ ।
जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका, स्थानीय युवा तथा अगुवाहरु कोरोना विरुद्धको अभियानमा जुटेका छन् ।

तपाइँको प्रतिक्रिया ।