गोकर्णेश्वर नगरपालिका आम नगरबासीको स्वास्थ्य प्रति संबेदनशील र जिम्मेवार रहेको छ :प्रमुख सल्लाहकार दिपक रिसाल
कपन अनलाइन
काठमाडौं चैत्र १८। गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले कोरोना भाइरस समबन्धि अफवाहहरूको पछाडि नलाग्न सबैलाई अनुरोध गरेका छन् । उनले त्यस्तो को पछि लाग्दा मानिसमा डर र त्रास बढ्ने हुँदा अफवाहरुको पछि नलाग्न पनि अनुरोध गरेका हुन् । कपन अनलाइन संग संक्षिप कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।साथै उनले कोरोना भाइरस संक्रमण रोक्न सरकारले चालेको लकडाउनको कदमलाई स्वागत गर्दै पूर्ण कार्यान्वयनम सघाउन सबैलाई अपिल समेत गरेका छन् ।उनले गोकर्णेश्वर नगरपालिका नगरबासीको स्वास्थ्य माथी निकै संवेदनशील र जिम्मेवार रहेको बताउदै कोरोना संक्रमण र यस बाट बच्नका लागि गरिएको अभियानमा कुनै आपत बिपद परेको खण्डमा उपयोगका लागि २५ लाख रुपैया सम्मको कोष स्थापना गर्न लागिएको पनि जानकारी गराए।
उनले यो संक्रमणवाट विश्व नै त्रसित भई रहेको अवस्थामा हाल सम्म यसको औषधी पत्ता नलागेकोले हाम्रा आनी बानी मा सुधार गरेमा संक्रमण न्यूनीकरण हुने बिश्वास ब्यक्त गरे ।उनले सामजिक दुरी कायम गर्न , खानपिनमा सुधार गर्न त्यसै गरि , भिडभाड नगर्न र , मास्कको सहि प्रयोग गर्न पनि सबैलाई अनुरोध गरेका छन् ।उनले ज्वरो र रुघाखोकी लाग्नसाथ कोरोना लाग्यो कि भन्ने आम मानिस भित्र परेको भन्दै ज्वरो आउनुको पछाडि पनि कोरोना एकमात्र कारण नहुने बताए ।
उनले कहिले काहीँ रुघाखोकी लाग्छ, ज्वरो आउँछ, शरीर गलेको अनुभव हुन्छ , ज्यान भारी हुन्छ , दिक्दारी हुन्छ , यी अन्य वा सामान्य कारणले हुन्छ । तर, हामीकहाँ अहिले कुनैपनि सामान्य लक्षण मिल्नसाथ भयाभित भइहाल्ने प्रवृत्ति छ, त्यो हटाउनु पर्ने बताए। उनले थप्दै भनेरुघाखोकी लाग्नु नै कोरोनाको कारण नहुन सक्छ , कोरोना नै मृत्युको कारण नहुन सक्छ । संसारमा कोराना भाइरसबाट जति संक्रमित छन्, त्यसमध्ये धेरैजसो निको भएका छन् । सामान्य जीवनमा फर्किएका छन् । नेपालमै पहिलो संक्रमित व्यक्ति निको भएको भन्दै उनले कोरोना बाट त्रसित नभई सतर्कता अपनाउनु पर्ने मा जोड दिएका छन्।
गोकर्णेश्वर नगरपालिकाले विपद व्यवस्थापन को सम्बन्धमा आज महत्वपुर्ण निर्णय लिन लागेको पनि बताए ।उनले गोकर्णेश्वर नगरपालिकाले छोटो समयमा सिमित स्रोत र साधनले पनि कोरोना संक्रमण को जोखिम न्यूनीकरणका लागि ब्यापक तयारी गरेको बताए उनले लक डाउन मार बाट नगरपालिका भित्रका बिपन्न र ज्याला मजदुरी गरि खाने बर्गमा ठुलो समस्या परेको भन्दै उनीहरुको लागि नगरपालिकाले सहयोग गर्न लागिएको जानकारी दिदै त्यसको लागि घर धनीको सिफारीस सहित फारम भराइ लगत संकलनको ब्यवस्था गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गरिएको बताए।
उनले त्यसै गरि उनले ९ वटै वडा को ठाउँ ठाउँमा साबुन पानिले हात धुने ब्यवस्था , पर्चा वितरण, जनचेतना मुलक ब्यानर टास्ने काम र प्रहरी सँगको सहकार्यमा माइकिङ्ग गरि सचेतना जगाउने कार्यक्रमहरू गरि रहेको जानकारी गराए भने उनले नगरपालिका भित्र किट्नाशक औषधी छरिरहेको भन्दै सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै नगरपालिकाले अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किने कामलाई निरन्तरता दिने पनि बताए ।
उनले विपतको बेलामा कालोबजारी नगर्न अनुरोध गर्दै नगरपालिकाका बिभिन्न वडामा दैनिक उपभोग्य सामानको बिक्रि बितरण तथा मौज्दातको अनुगमन गरिनुको साथै दैनिक उपभोग्य सामान बिक्रि गर्ने ब्यबसायीहरू लाई नगरपालिका बाट अनुगमन गर्न आउने टोलि लाई आफ्नो पसलमा भएको मौज्दात बिवरण उपलब्ध गराई सहयोग गरिदिनहुन समेत अनुरोध गरेका छन् ।उनले नगरपालिका भित्र बिदेश वाट आइ बसोबास गर्ने र बिदेश बाट फर्किएकाहरुको तथ्यांक लिने काम पनि भइ रहेको जानकारी गराउदै उनले त्यसको कुनै जानकारी भए जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेका छन् ।
उनले हालसम्म विदेशबाट आएका ब्यक्तिहरुमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको तर त्यस्ता ब्यक्तिबाट अन्य ब्यक्तिलाई भाइरस सरे नसरेको, सरेको भए कुन मात्रामा, कहाँ, कसरी ? भन्ने कुराको एकिन नभए सम्मको लागि लकडाउन (Lockdown) को पूर्ण पालना गर्नु अर्थात घरमा सुरक्षित बस्नु नै सबैभन्दा उत्तम उपाय भएको बताए ।अत्तरखेल स्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले छुट्टै कक्ष स्थापना गरी कोराना भाइरस (कोभिड-१९)का सम्भावित बिरामीको जाँच शुरु गरेको बताउदै उक्त कक्षमा कोभिड-१९ का सम्भावित बिरामीहरुको ज्वरो जाँच गरिने गरेको बताए । उनले उच्च ज्वरो आएका अथवा कोभिड-१९ को कुनै पनि लक्षण देखिएका बिरामीलाई सोही कक्षमा जाँच गरिने र स्वास्थ्यकर्मीहरुले अस्पतालमा आउने जो कोहीको पनि ज्वरो लगायतका जाँच गर्ने गरेको बताए ।
उनले कम ज्वरो भएकालाई सामान्य उपचारको लागि र उच्च ज्वरो भएकालाई आइसोलेसनमा पठाउने गरिएको र आइसोलेसनमा बिरामीको स्वाब नमुना लिएर जाँचको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइने बताउदै । स्वाब परीक्षणको नतिजा कोभिड-१९ पोजिटिभ आए टेकुबाट रेस्क्यु टोली आउने अन्यथा बिरामीको सामान्य तवरबाट उपचार गर्ने गरेको पनि जानकारी गराए ।उनले , स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि विशेष सावधानी समेत अपनाइएको जसमा स्वास्थ्यकर्मीहरुले विशेष पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई)को प्रयोग गरी बिरामीको जाँच गरिरहेको बताउदै शंखरापुर अस्पताल र अर्थोपेडिक अस्पतालमा समेत आइसोलेसन तयारी अवस्थामा राखेको बताउदै बिभिन्न स्थान मा क्वारेन्टाइन को लागि तयारी गरेको पनि बताए ।
गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको संक्रमण र अन्य सेवा तत्काल नगरवासीलाई उपलव्ध गराउनका लागि “रेस्पोन्स हटलाइन टिम” गठन गरेको र गोकर्णेश्वर नगरवासीले आवस्यक परेको समयमा जुनसुकै वेला उक्त टिमका सदस्यलाई सम्पर्क गर्न सकिने पनि बताए ।गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन भन्दै नगरस्तरीय सतर्कता अभियान सुरु गरेको र विपद् व्यवस्थापन समितिले ‘क्विक रेस्पोन्स टिम’ स्थापना गरी विश्वव्यापी रुपमा फैलिएको भाइरस कोभिड १९ को जोखिम न्यूनिकरणमा को लागि सक्दो प्रायस गरेको जानकारी गराउदै नगरबासीले पनि साबधानी अपनाई सक्दो सहयोग गर्नु पर्नेमा उनको जोड रहेको छ ।उनले नगरपालिका नगर बासीको सहयोगको लागि २४ सै घण्टा तयारी अवस्थामा रहेको पनि जानकारी दिए ।उनले उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमको लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरुको हौसला बढाउने खालका निर्णय लिन सरकारलाई सुझाब दिएका छन्। उनले नगरपालिका भित्र कुनै समस्या आएमा जनप्रतिनिधि वा आफलाई ९८५१०२५६९३मा संम्पर्क गर्न सकिने पनि बताए ।