तारकेश्वर नगरपालिका वडा नं ५ मा आपतकालीन अवस्था आइपरे यी नम्बर मा सम्पर्क गर्नुहोस :वडा सदस्य अनन्तमणि आचार्य
कपन अनलाइन
काठमाडौं चैत्र १७ ।तारकेश्वर नगरपालिका वडा नं ५ ले वडा बासीलाई कुनै आपतकालीन समस्या परेमा सम्पर्क गर्नका लागि सम्पर्क नम्बर उपलव्ध गराएको छ।त्यस्तै नगरपालिकामा कोरोना संक्रमण बाट बच्ने उपायहरुको तयारी गरेको जानकारी गराउदै कुनै पनि सेवाका लागि जन्प्रतिनिधलाई सम्पर्क गर्न सकिने वडा सदस्य अनन्तमणि आचार्य दिएका छन्।उनले निम्न ब्यक्तीलाइ सम्पर्क गर्न सकिने पनि बताए ।
वडा अध्यक्ष बासु प्रसाद गौतम : ९८५१०६२३३६
वडा सदस्य : अनन्तमणि आचार्य ९८४९१७८०३९
स्वास्थ्यकर्मी सुनिल फुयाल ९८५११०७३०९

वडा सदस्य अनन्तमणि आचार्यले वडा बासीहरुलाई कुनै पनि बिदेशी मुलुकबाट आएको ब्यक्तिहरु र निजका पारिवारिक सदस्यहरुको आवत जावतको सम्पर्क बाट अन्य ब्यक्तिहरु टाढै बसी कोहि कसैलाई (कोभिड – १९) कोरोना भाइरसको लक्षण देख्ना साथ् त्रि बि शिक्षण अस्पताल महाराजगन्जमामा सम्पर्क गर्न र आफ्नो टोल छिमेकमा कोहि कसैलाई (कोभिड – १९) कोरोना भाइरसको लक्षण देखिएमा वा कुनै समस्या भएमा र वडा बासीहरुमा दैनिक उपभोग्य सामाग्रीको अभाब भएमा पनि माथि उल्लेखित नम्बर सम्पर्क गर्न सकिने बताए।
उनले कोभिड १९ कोरोना भाइरसको महामारी बाट बच्नका लागि अहिले वडाले विदेश बाट आएका वडा बासीहरुको विवरण संकलन गरिरहेको बताएका छन ।उनले त्यसको कुनै जानकारी भए आफ्नो वडाका जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेका छन ।उनले अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन वडा वासीलाई अनुरोध गरेका छन ।
उनले अत्यावश्यक नभएका पसल, आदि खोलिरहेका र मानिसहरु बिभिन्न ठाउँमा घुम्न गईरहेको भन्ने जानकारीमा आएकाले यस संवेदनशील घडीमा अविलम्ब ति ब्यबसायहरु बन्द गर्न/गराउनु हुनका साथै घुम्न निस्कनु हुने सबै आ-आफ्नो वासस्थानमा फर्की self-quarantine मा रहन पनि अनुरोध गरेका छन् ।उनले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि सबैलाई अनुरोध गरेका छन् साथै उनले वडाका बिभिन्न स्थानमा किटनाशक औषधी छर्कने कामलाई जारी राख्ने पनि बताए ।
