कालिमाटी तरकारी तथा फलफूल बजार खुल्ने ,थोक मात्र विक्री गरिने
कपन अनलाइन
काठमाडौं ,चैत १७।
कोरोना भाइरसको संक्रमणलाई ध्यान दिदै कालिमाटी तरकारी तथा फलफूल बजारमा भिड नहुने गरी बजार ब्यबस्था गर्न प्याकिङ नबिगारी थोक मात्र बिक्री गर्ने र सांझ खुद्रा बिक्रि गर्ने निर्णय भएको छ।
मोटरसाइकललाई बजारमा प्रबेश निषेध गरी किर्तिपुर बस स्टप तर्फ ब्यबस्था गर्ने भएको छ।लकडउनको अवधिमा ब्यापारीले नेपाल बाहिरबाट तरकारी आयात नगर्ने। निर्णय कार्यान्वयन निरिक्षण गर्न निरीक्षण समिति गठन गरियो।
बैठकमा प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठ, काठमाडौ महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य, बागमती प्रदेश सदस्य सदस्य राजेश शाक्य, कामपा वडा १३ अध्यक्ष ध्रुव नारायण मानन्धर, नेपाली सेना जगदल गण र फन्ट रेञ्जर बटालियन का प्रमुख, कालिमाटी प्रहरी बृत्तका प्रमुख, ब्यबस्थापन समितिका कार्यकारी निर्देशक अन्य कर्मचारी र ब्यापारीका प्रतिनिधिको उपस्थिति रहेको थियो।
