सामाजिक दुरी कायम गर्न गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपालको नगरबासीलाइ अनुरोध
कपन अनलाइन
काठमाडौं चैत्र १६ ।विश्वमा फैलिएको कोभिड–१९ कोरोना संक्रमण वाट जोगीनका लागि गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ती नेपालले सामाजिक दुरी कायम गर्न अनुरोध गरेकी छिन। उनले कपन अनलाइन संग संक्षिप्त कुराकानी गर्दै एस्तो बताएकी हुन्। उनले सामाजिक दुरी कायम गरौ, सरकारको लकडाउनको पुर्ण पालना गर्न पनि नगर बासीलाई अपिल गरेकी छिन । उनले यो संक्रमणवाट विश्व नै त्रसित भई रहेको अवस्थामा हाल सम्म यसको औषधी पत्ता नलागेकोले हाम्रा आनी बानी मा सुधार गरेमा संक्रमण न्यूनीकरण हुने हुने बताएकी छिन ।उनले सामजिक दुरी कायम गरौ, खानपिनमा सुधारगरौ, भिडभाड नगरौ, मास्कको सहि प्रयोग गरौ भन्दै उनले सबैलाई सर्तकताका लागि अपिल गरेकी हुन् ।
उनले नगरपालिका भित्र बिदेश वाट आइ बसोबास गर्ने र बिदेश बाट फर्किएकाहरुको तथ्यांक लिने कामपनि भइ रहेको जानकारी गराउदै उनले त्यसको कुनै जानकारी भए जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेकी छिन् ।
नगरपालिकाका ९ वटै वडाका कार्यालयहरू वडा अध्यक्ष, स्वास्थ्यकर्मी सुरक्षाकर्मि खटिरहेको जानकारी गराइन । उनले नगरपालिका भित्र किट्नाशक औषधी छर्ने काम भईरहेको भन्दै सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै नगरपालिकाले अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किने कामलाई निरन्तरता दिने पनि बताइन ।
गोकर्णेश्वर नगरपालिका नगरबासीको स्वास्थ्यमाथी निकै संवेदनशील र जिम्मेवार रहेको बताउदै आम नगरबासीलाइ सहयोगको लागि धन्यबाद दिदै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि अनुरोध गरेकी छिन । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई नेपालमा नियन्त्रणको प्रयास भैरहेको समयमा कुनै पनि आपतकालीन अवस्था आएमा आफुले प्रयोग गर्ने सवारी साधन उपलब्ध गराउने पनि बताइन ।
नेपाल सरकारले पूर्ण रुपमा लकडाउन गरेको आवस्था कुनै आपतकालीन अवस्था र जनताको सेवाका लागि प्रहरी र जनप्रतिनिधिले आफ्नो सवारी साधन प्रयोग गर्न सक्ने घोषणा गरेकी उपप्रमुख नेपालले बताइन उनले यस समयमा सबैले सचेत बन्नु पर्ने बताएकी छन ।
गोकर्णेश्वर नगरपालिकाले विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस को जोखिम न्यूनीकरणको लागि छोटो समयमा ब्यापक तयारी गरिएको जानकारी दिदै आवश्यक सहयोग गर्नका लागि नगरवासी तथा सामाजिक संघ संस्था संग अपिल गरेकी छिन।नगरपालिकाका बिभिन्न वडामा दैनिक उपभोग्य सामानको बिक्रि बितरण तथा मौज्दातको नगर उपप्रमुख सहितको टोलीले अनुगमन गरिनुको साथै दैनिक उपभोग्य सामान बिक्रि गर्ने ब्यबसायीहरू लाई नगरपालिका बाट अनुगमन गर्न आउने टोलि लाई आफ्नो पसलमा भएको मौज्दात बिवरण उपलब्ध गराई सहयोग गरिदिनहुन समेत अनुरोध गरिएको जानकारी गराइन ।
त्यस्तै यस विचमा नगरपालिकाका पसल वा अन्य सेवा उपलव्ध गराउने संस्थाले कुनै कालोबजारी वा अवान्छित गतिविधि गरेको खण्डमा जनप्रतिनिधिलाइ खबर गर्न पनि अनुरोध गरेकी छिन । उनले दैनिकी उपभोग्य वस्तु फोन गरेको भरमा घरमा ल्याउने बाताबरण मिलाउन को लागि पहल गरेको पनि जानकरी गराइन।
उनले अत्तरखेल स्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले छुट्टै कक्ष स्थापना गरी कोराना भाइरस (कोभिड-१९)का सम्भावित बिरामीको जाँच शुरु गरेको बताउदै उक्त कक्षमा कोभिड-१९ का सम्भावित बिरामीहरुको ज्वरो जाँच गरिने बताइन । उनले उच्च ज्वरो आएका अथवा कोभिड-१९ को कुनै पनि लक्षण देखिएका बिरामीलाई सोही कक्षमा जाँच गरिने र स्वास्थ्यकर्मीहरुले अस्पतालमा आउने जोकोहीको पनि ज्वरो लगायतका जाँच गर्ने गरेको पनि बताइन ।
उनले कम ज्वरो भएकालाई सामान्य उपचारको लागि र उच्च ज्वरो भएकालाई आइसोलेसनमा पठाउने गरिएको र आइसोलेसनमा बिरामीको स्वाब नमुना लिएर जाँचको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइने बताउदै । स्वाब परीक्षणको नतिजा कोभिड-१९ पोजिटिभ आए टेकुबाट रेस्क्यु टोली आउने अन्यथा बिरामीको सामान्य तवरबाट उपचार गर्ने गरेको पनि जानकारी गराइन ।
उनले , स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि विशेष सावधानी समेत अपनाइएको जसमा स्वास्थ्यकर्मीहरुले विशेष पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई)को प्रयोग गरी बिरामीको जाँच गरिरहेको बताउदै शंखरापुर अस्पताल र अर्थोपेडिक अस्पतालमा समेत आइसोलेसन तयारी अवस्थामा राखेको बताउदै बिभिन्न स्थान मा क्वारेन्टाइन को लागि तयारी गरेको पनि बताइन ।
गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको संक्रमण र अन्य सेवा तत्काल नगरवासीलाई उपलव्ध गराउनका लागि “रेस्पोन्स हटलाइन टिम”गठन गरेको र गोकर्णेश्वर नगरवासीले आवस्यक परेको समयमा जुनसुकै वेला उक्त टिमका सदस्यलाई सम्पर्क गर्न सकिने पनि बताइन । गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन भन्दै नगरस्तरीय सतर्कता अभियान सुरु गरेको र विपद् व्यवस्थापन समितिले ‘क्विक रेस्पोन्स टिम’ स्थापना गरी विश्वव्यापी रुपमा फैलिएको भाइरस कोभिड १९ को जोखिम न्यूनिकरणमा को लागि सक्दो प्रायस गरेको जानकारी गराउदै नगरबासीले पनि साबधानी अपनाई सक्दो सहयोग गर्नु पर्नेमा उनको जोड रहेको छ ।