काठमाडौं महानगरपालिका वडा नं ३१ मा जनप्रतिनिधि र सुरक्षाकर्मीको संयुक्त अनुगमन

काठमाडौं महानगरपालिका वडा नं ३१ मा जनप्रतिनिधि र सुरक्षाकर्मीको संयुक्त अनुगमन

कपन अनलाइन

काठमाडौं,चैत १६।

लकडाउनको समयमा  जनताको चुलोमा पर्ने असरलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिका वडा नं ३१ मा रहेको शान्तिनगर तरकारी बजारमा सो क्षेत्रवाट निर्वाचित जनप्रतिनिधि तथा सुरक्षा निकायले  संयुक्त रुपमा अनुगमन गरेका छन् ।

यस क्रममा  जनप्रतिनिधिहरु बागमती प्रदेश सांसद गणेश दुलाल र वडा अध्यक्ष नारायण भण्डारी तथा सुरक्षा निकाय तिनकुने वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक दुर्गा राज रेग्मी सहितको टोलीले संयुक्तरुपमा अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा थोक मुल्यमा आलु धार्नीको रु १००, गोलभेँडा प्रतिकेजी रु १००, काउली प्रतिकेजी रु ४०, मुला प्रतिकेजी रु २०, हरियो रायो साग प्रतिकेजी रु २०, हरियो फर्सी प्रतिकेजी रु ३०,भिण्डी प्रतिकेजी रु ८०, मटरकोसा प्रतिकेजी रु ४०मा किनबेच भइरहेको पाइएको थियो ।

थोक विक्रेताकोमा पनि तरकारीहरुको मुल्य फरक फरक हुने त्यसमा पनि बाटा छेउ तथा ठेलामा व्यापार गर्ने खुद्रा व्यापारीहरुले चर्को मुल्य लिइरहेको गुनासो जनताबाट आएकाले सो क्षेत्रको अनुगमन गर्न जरुरी देखिएको सांसद दुलालले बताए । उनका अनुसार ठेला तथा खुद्रा पसलेले तेब्बर सम्म मुल्य राखेर बेच्दै गरेको पाइएको थियो ।

राज्यबाट छुट मात्र लिन खोज्ने तर जनतालाई सहज र सुलभ ढंगले तरकारीको सर्वसुलभता भने हुन नसकेको वडा अध्यक्ष भण्डारीले बताए । कोरोना भाइरस विरुद्धको अभियान सॅगसॅगै सो क्षेत्रमा मसिनो ढंगले योजना बनाएर जनतालाई लाभान्वित तुल्याउनु अहिलेको चुनौती रहेको जनप्रतिनिधि हरुको भनाइ रहेको थियो ।

त्यसै गरि व्यापारीहरुले करको दायरा भित्र रहेर मूल्यलाई डिजिटल प्रणाली मार्फत देखाएर मात्र कारोबार गर्न पर्ने आवश्यकता देखिएको पनि अनुगमनकर्ताहरुले बताए ।

राज्यका निकायहरुले जनताका पक्षमा काम गरिरहॅदा जनता पनि सचेत एवं चनाखो रहनु पर्ने अवस्था रहेको पनि उनिहरुले बताए । अनुगमनमा वाग्मती प्रदेश सांसद गणेश दुलाल, वडा अध्यक्ष नारायण भण्डारीका साथसाथै वडा सदस्यहरु सरोज ढकाल, हुमादेवी आचार्य, रमेश सत्याल र सान्नानी मिजार तथा प्रहरी नायब उपरीक्षक दुर्गा राज रेग्मी सहित अन्य सहकर्मी सुरक्षाकर्मी तथा स्थानीय व्यक्तिहरु रहेका थिए ।

तपाइँको प्रतिक्रिया ।