टोखा नगरपालिका वडा नं २ मा रहेको सपन तिर्थ मन्दिरको कार्यालयमा चोरी
कपन अनलाइन
काठमाडौं ,चैत १६।
टोखा नगरपालिका वडा नं २ मा रहेको सपन तिर्थ मन्दिर क्षेत्र विकास समितिको कार्यालयमा चोरी भएको छ। गएराती सो क्षेत्र विकास समितिको कार्यालयको ताला फोडेर कम्प्युटर र अन्य उपकरण चोरी भएको क्षेत्र विकास समितिका सचिव हेराकाजी महर्जनले जानकारी दिएका छन ।
चोरीको सुचना पाए संगै प्रहरी सो स्थलमा पुगेर विवरण संकलन गरि छानविन अगाडी बढाएको छ ।
तपाइँको प्रतिक्रिया ।