बूढानीलकण्ठ नगरपालिका वडा नं ५ मा ‘आपतकालीन सहयोग तथा राहत वितरण समिति’ गठन

बूढानीलकण्ठ नगरपालिका वडा नं ५ मा ‘आपतकालीन सहयोग तथा राहत वितरण समिति’ गठन

कपन अनलाइन 

काठमाडौं ,चैत १५।

बूढानीलकण्ठ नगरपालिका वडा ५ मा  प्रत्येक वडाहरुले यस्तो आपतकालिन समयमा कुनै पनि समस्या परेमा  सम्पर्क गर्न अनुरोध गरेको छ । यसै समस्याको समाधानका लागि बूनपा वडा नं ५ ले  आपतकालिन सहयोग तथा राहत वितरण समिति गठन गरेको छ।

वडा नं ५ क्षेत्रभित्र बसोबास गर्ने आर्थिक रुपमा कमजोर तथा विपन्न वर्ग, कोठा भाडामा बसेर ज्याला मजदुरी गरि दैनिकी धान्ने श्रमिक वर्ग तथा अध्ययन गर्ने विद्यार्थीहरु लगायतहरु सबैको नाम, ठेगाना, आवश्यक सामाग्री तथा सहयोगको विवरण, परिवारको संख्या तथा पहिचान गरि उक्त परिवार तथा व्यक्तिहरुलाई सहयोगका लागि समिति गठन गरिएको हो।

उक्त समितिमा वडाका अध्यक्ष, वडाका सबै सदस्यहरु, महानगरिय प्रहरि प्रभाग बूढानीलकण्ठ नगरपालिकाका प्रहरी निरिक्षक भुपेन्द्र गिरी, का साथसाथै वडाका विभिन्न स्वयंसेवीहरु र वडा सचिव लगायत सदस्यका रुपमा रहेका छन्।

कुनै पनि आपतकालिन सहयोग तथा राहतको आवश्यकता परेको खण्डमा जोकसैले पनि उक्त समितिका कुनैपनि सदस्यलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

सम्पर्क :

१. विजय तामाङ्ग (वडा ५ अध्यक्ष) : ९८४१४४८७२८

२. श्यामकृष्ण ठकुरी (वडा सदस्य): ९८५१०९३१६१

३. हेप्सिवा तामाङ्ग (वडा सदस्य): ९८६१५४६९३६

४. बद्रि प्रसाद दुलाल (वडा सदस्य): ९८४१८६१६३२

५. तारा रोक्का (कार्यपालिका सदस्य): ९८४१९६०५९३

६. भुपेन्द्र गिरी (प्रहरी निरिक्षक): ९८५१२८३०१४

७. नारायण दुलाल (समाजसेवी): ९८४१५०१७२२

८. बिजेन्द्र पुडासैनी (समाजसेवी): ९८५१०५५२१४

९. रेशम महतारा (वडा सचिव): ९८५८०२९७२५

फोटो :बि एस जी न्युज

तपाइँको प्रतिक्रिया ।