उद्योग बाणिज्य संघ चन्द्रागिरि चेम्बर द्वारा मास्क बितरण
कपन अनलाइन
काठमाडौं, चैत्र १५ । उद्योग बाणिज्य संघ चन्द्रागिरि चेम्बरले विश्वमहामारीकाे रूपमा फैलिएको काराेना भाईरसवाट बच्न मास्क वितरण गरेकाे छ । चन्द्रागिरि चेम्बरले महानगरीय प्रहरी प्रभाग कंलकी,महानगरीय ट्राफिक प्रहरी कंलकी र चन्द्रागिरिका नगरपालिकाकाे १,२,३,१०,११,१५ नम्बर वडाका वडा अध्यक्षहरूलाई एक सय थानका दरले मास्क वितरण गरेकाे हाे ।
उद्योग बाणिज्य संघ चन्द्रागिरि चेम्बर अध्यक्ष रामनारायण घिमिरेले नगरपालिका भित्र रहेकाे विपन्न वर्ग समुदायहरू समेक्ष मास्क पुगाेस भने हेतुले स्थानिय जनप्रतिनिधि मार्फत वितरण गरिएकाे बताए । उनलेे नगरपालिकाकाे १५ वटै वडामा वितरण गरिने अध्यक्ष घिमिरेले बताए । चन्द्रागिरि चेम्बरका उपाध्यक्ष राेसन दानीले पहिलाे चरणमा आवश्यक वर्ग समुदायका लागि ३ हजार थान वितरण गरिने र आवश्यक मास्क संघले उपलब्ध समेत गराईसकेकाे जानकारी दिए ।
संघका सचिव श्रीहरी थापाले विश्व महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाईरसका कारण नेपाल लकडाउनकाे समयमा चन्द्रागिरि नगरपालिकामा खाद्यान्न,ग्यास,औषधी लगायत दैनिक जिवनमा अावश्यक उपभाेग्य सामाग्री अभाव भएमा उद्योग बाणिज्य संघ चन्द्रागिरि चेम्बरले नेपाल सरकार, व्यवसायी स्थानीय सरकार,व्यापारी,संग समन्वय गरि समन्वयात्मक भुमिकामा उपभोक्तहरू र आवश्यक जाे काेहीलाई पनि उपभाेग्य सामाग्री सहज रूपमा आम नागरिक समक्ष पुर्याउन र समन्वयनकारी भुमिका निभाउने बताए ।
चन्द्रागिरि चेम्बरले कुनै पनि वर्ग समुदायलाई समस्या परेकाे खण्डमा सहयाेगका लागि आवहान समेत गरेकाे छ । संघवाट २५ समितिय चन्द्रागिरि खाद्य अापुर्ति समन्वय समित परिचालित हुने भएकाे छ ।
फोटो : रोशन दानी