गोकर्णेश्वर नगरपालिका वडा नं ६मा आपतकालीन अवस्था आइपरे यी नम्बरमा सम्पर्क गर्नुहोस – वडा अध्यक्ष रमेश अर्याल

गोकर्णेश्वर नगरपालिका वडा नं ६मा आपतकालीन अवस्था आइपरे यी नम्बरमा सम्पर्क गर्नुहोस – वडा अध्यक्ष रमेश अर्याल

कपन अनलाइन

काठमाडौं चैत्र १५ । गोकर्णश्वर नगरपालिका वडा नं ६ ले वडा बासीलाई  कुनै आपतकालीन समस्या परेमा सम्पर्क गर्नका लागि सम्पर्क नम्बर उपलव्ध गराएको छ।त्यस्तै नगरपालिकामा कोरोना संक्रमण बाट बच्ने उपायहरुको तयारी गरेको जानकारी गराउदै कुनै पनि सेवाका लागि जन्प्रतिनिधलाई सम्पर्क गर्न सकिने वडा अध्यक्ष  रमेश अर्यालले जानकारी दिएका छन्।उनले निम्न ब्यक्तीलाइ सम्पर्क गर्न सकिने पनि बताए ।

वडा अध्यक्षरमेश अर्याल ९८४१४११७५७

वडा सदस्य  नवराज लामा: ९८६०५८१२६६

वडा सदस्य जगननाथ ढकाल  :  ९८४१३४२८७०

वडा सदस्य तुलसा तिमिल्सिना ९८४१०२८५६२

वडा सदस्य  रमिला वि.क :९८६००८६६२०

वडा सचिब कल्पना ढकाल : ९८४१६७६२१९

 साथै वडा अध्यक्ष रमेश अर्यालले  कोभिड १९ कोरोना भाइरसको महामारी बाट बच्नका लागि अहिले वडाले विदेश बाट आएका वडा बासीहरुको विवरण संकलन गरिरहेको बताएका छन ।यस विचमा विदेस बाट नेपाल आएर बसेका वडा बासीको अवस्था पत्ता लगाएर नगरपालिकाका जनप्रतिनिधि र बिज्ञ स्वास्थ्यकर्मीको टोलीलाई घरमै पुगेर स्वास्थ्य अवस्थाको जांच गर्ने व्यवस्था  पनि मिलाएको जानकारी दिए।

उनले  त्यसको कुनै जानकारी भए आफ्नो वडाका जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेका छन ।उनले अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन  वडा वासीलाई अनुरोध गरेका छन । उनले अत्यावश्यक नभएका पसल, आदि खोलिरहेका र मानिसहरु बिभिन्न  ठाउँमा घुम्न गईरहेको भन्ने जानकारीमा आएकाले यस संवेदनशील  घडीमा अविलम्ब ति ब्यबसायहरु बन्द गर्न/गराउनु हुनका साथै घुम्न निस्कनु हुने सबै आ-आफ्नो वासस्थानमा फर्की self-quarantine मा रहन पनि अनुरोध गरेका छन्  ।

उनले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन  पनि सबैलाई अनुरोध गरेका छन् साथै वडाका बिभिन्न स्थानमा किटनाशक औषधी छर्कने कामलाई जारी राख्ने पनि बताउदै अत्यावश्यक दैनिक उपभोग्य बास्तो घर घरमा नै वितरण गर्न को लागि पहल भइरहेको पनि जानकारी गराए।

तपाइँको प्रतिक्रिया ।