मिलनचोक तरकारी बजारमा लकडाउन अवज्ञा , कपन प्रहरी प्रसासन प्रति स्थानीयको गुनासो
कपन अनलाइन
काठमाडौं ,चैत १४ ।
कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लक डाउनको चौथो दिन बुढानिलकण्ठ नगरपालिकाका वडा नं १०,११ १२ र काठमाडौं महानगरपालिका वडा नं ६ शान्तिनगर क्षेत्रमा लक डाउन अवज्ञा भएको छ।
सो क्षेत्रमा साँझपख खुलेआम रुपमा तरकारी पसल खुल्ने र स्थानीयहरुको चहल पहल बढी हुने गरेको छ ।त्यस क्षेत्रमा संक्रमणको खतरा उच्च हुने हुनाले उक्त स्थानमा चेकजाँच बढाउनु पर्ने स्थानीयहरुले बताएका छन।
दैनिक भिडभाड भएर जोखिम बढे संगै प्रहरी प्रसासनले सक्रियता लिनुपर्नेमा सो नभएको प्रति स्थानीयले गुनासो गरेका छन। प्रहरी चौकी बाट करिव ५ सय मिटरमा रहेको उक्त तरकारी बजारमा लकडाउनको अवज्ञा भएकोमा एक स्थानीयले आश्चर्य व्यक्त गरेका छन।
जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा सुरक्षाकर्मी र जनप्रतिनिधिहरुले कडा कदम चाल्नु पर्ने बताउदै स्थानीयलाई पनि समयको संवेदनशिलता बुझेर घर भित्र नै बस्ने वातावरण मिलाउन उनको आग्रह रहेको थियो।
यो संगै कपन क्षेत्रका अन्य स्थानमा पनि समुह बनाएर व्यक्तिहरु हिडडुल भैरहेको सुचना आएको र त्यस्ता गतिविधिलाई नियन्त्रण गर्नका लागि स्थानीय सामाजिक संघ संस्थाले सुचकको काम गर्नका लागि एक जनप्रतिनिधिले अनुरोध गरेका छन।