चन्द्रागिरी नगरपालिका नगरबासीको स्वास्थ्य प्रति निकै संवेदनशील र जिम्मेवार रहेको छ : नगर प्रमुख घनश्याम गिरी

चन्द्रागिरी नगरपालिका नगरबासीको स्वास्थ्य प्रति निकै संवेदनशील र जिम्मेवार रहेको छ : नगर प्रमुख घनश्याम गिरी

कपन अनलाइन

काठमाडौँ, चैत्र १४। चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र नेपाल सरकारले जारी गरेको लकडाउन पुर्णरूपमा कार्यान्वयन भएको छ ।सवै आ आफ्नो  घरमा होमम क्वारेन्टाइनमा बसेको हामीले रिपोर्टिङ को क्रममा पाएका छौ  । सरकार र त्यस मातहतका निकाय नेपाल प्रहरीहरू संग समन्वय भईरहेकको चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरीले जानकारी गराए  ।

 उनले नगरपालिका भित्र बिदेश वाट आइ  बसोबास गर्ने र बिदेश बाट फर्किएकाहरुको   तथ्यांक लिने कामपनि भइ रहेको  जानकारी गराउदै  नगरपालिकाका  १५ वटै वडाका कार्यालयहरू वडा अध्यक्ष, स्वास्थ्यकर्मी सुरक्षाकर्मि खटिरहेको  जानकारी गराए। उनले नगरपालिका भित्र नेपाली सेना र नगरपालिकाको  सहकमर्यमा किट्नाशक औषधी कंलकी नागढुङ्गा र भित्री गल्लीहरूमा छर्ने काम भईरहेको भन्दै सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै नगरपालिकाले अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किने कामलाई निरन्तरता  दिने बताए।

नगरपालिकाले आफ्नो मातहतको स्वास्थ्यकर्मीको सुरक्षा र नगरबासीको निरन्तर स्वास्थ्य सेवाको सहजीकरणको लागि आवश्यक PPE(पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट) र अन्य सुविधाको व्यवस्था गरेको  जानकारी गराए। उनले थानकोट प्राथमिक अस्पताललाई नगरप्रमुख र उप प्रमुखद्वारा PPE हस्तान्तरण गरेको छ। साथै सबै स्वास्थ्य चौकीलाई PPE को व्यवस्था भइसकेको पनि बताए ।

उनले  नगरपालिका भित्र कुनै पनि त्यस लक्षणका बिरामी फेला नपरेका जानकारी दिदै  चन्द्रागिरी  नगरपालिका नगरबासीको   स्वास्थ्यमाथी निकै संवेदनशील र जिम्मेवार  रहेको बताए ।उनले आम नगरबासीलाइ सहयोगको लागि धन्यबाद दिदै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि अनुरोध गरका छन् ।

 

तपाइँको प्रतिक्रिया ।