काठमाडौं क्षेत्र नं ४ (ख ) समितिका सभापति बिनोद चालिसेको कोरोना भाइरस संक्रमण रोक्नका लागि अपिल

काठमाडौं क्षेत्र नं ४ (ख ) समितिका सभापति बिनोद चालिसेको कोरोना भाइरस संक्रमण रोक्नका लागि अपिल

कपन अनलाइन

काठमाडौँ, चैत्र १४।

नेपाली काग्रेस बागमती  प्रदेश   काठमाडौं क्षेत्र नं ४ (ख )का सभापति तथा नेपाली कांग्रेस क्षेत्र नं ४ का सचिव  बिनोद चालिसेले कोरोना भाइरस कोभिड -१९ को संक्रमण रोक्न विश्व स्वास्थ्य संघठनले सुझाएको उपायहरुको अक्षरस पालना गर्नुको विकल्प नभएको र नपाली कांग्रेस बागमती प्रदेस काठमाडौं क्षेत्र नं ४ ख समितिले नेपाल सरकारद्वारा कोरोना भाइरस महामारी बाट नागरिकहरुलाई जोगाउनका लागि लीएका प्रयासहरुमा पूर्ण रुपमा सहयोग र साथ् दिदै आइरहेको बताएका छन्।

उनले केन्द्र लगायत स्थानीय सरकारले पनि अर्थतन्त्र अवरुद्द भएको अहिलेको परिस्थितिमा बिशेष गरि दैनिक ज्याला मजदुरी गर्ने गरिबको रेखामुनी रहेका आर्थिक रुपमा बिपन्न परिवारहरुको दैनिक जीवनयापन कष्टमय हुदै गएकोले दैनिक जीवनयापन कष्टमय हुदै गएकोले यस्ता समुदायलाइ बिभिन्न राहतकोषहरुका मार्फत रकम परिचालन गरि तत्कालै सहयोग प्रदान गर्नको लागि अपिल समेत गरेका छन् ।

मुलुकको यस विषम परिस्थितिमा जनताको स्वास्थ्य र अन्य किसिमका सेवा प्रदान गर्नको लागि तयारी अवस्थामा रहन पार्टीका यस क्षेत्र अन्तर्गत मातहतका सबै कमिटिका प्रमुख एबम पदाधिकारी भातृ एबम सुभेच्छुक संस्था लगायतका संस्थाहरुलाई आग्रह गर्दै दुखको यस घडीमा नागरिकको एकता र सचेतना बाट मात्र यो महामारी संग लड्न सकिने बताउदै सभापति चालिसेले क्षेत्रीय प्रादेशिक एबम स्थानीय सरकारको सबै सकारात्मक कदमलाई सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन ।

उनले यो बिपतको घडीमा नगरपालिकाले  मागेको सबै किसिमका सहयोग गर्न तयार रहेको पनि जानकारी गराएका छन् । उनले कोरोना भाइरस बाट आतंकित नभई सचेत रहन अनुरोध गर्दै कोरोना भाइरस बाट आफु पनि बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेका छन् भने केहि दिन घरमै बस्न अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन पनि अनुरोध गर्दै बाहिर निस्किन परे मास्कको प्रयोग गर्नको लागि पनि अनुरोध गरेका छन् ।

खोक्दा हाछ्यु गर्दा मुख छोप्न रुखाखोकी लागेको मान्छे बाट २ मिटर भन्दा टाढा बस्न र संक्रमित मुलुक बाट भर्खरै फर्केको भए सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन्। त्यस्तै कोरोना भाइरसको संक्रमणको आशंका भएमा नजिको स्वास्थ्य संस्थामा गइ जांच गराउन समेत अनुरोध गरेका छन।

त्यस्तै चालिसेले बुढानिलकण्ण्ठठ  नगरपालिकाले गरेका स्वास्थ्य व्यवस्थापन र अन्य तयारीलाई प्रभावकारी बनाउन अनुरोध गर्दै काठमाडौं क्षेत्र ४ (ख )  नेपाली कांग्रेस कोरोना रोकथाम विरूदको अभियानमा  स्थानीय सरकार संग सहकार्य  र  हातेमालो गर्दै अगाडी बढ्न तयार रहेको बताएका छन ।

 

तपाइँको प्रतिक्रिया ।