बुढानिलकण्ठ नगरपालिकाका लागि निशुल्क स्यानिटाइजर बनाउदै निशा
कपन अनलाइन
काठमाडौं ,चैत १३।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कि निशा न्यौपानेले नगरपालिकाको सहयोगका लागि स्यानिटाइजर उत्पादन शुरु गरेकी छन । व्यवसायी तथा समाजसेवी राजन पोखरेलको सहयोगमा सामाग्री व्यवस्थापन भए पछी पेशाले बायोमेडिकल इन्जिनियर न्यौपानेले सो उत्पादन थालेकी हुन् ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले आफ्नो सामाजिक संजाल मार्फत दक्ष नगरवासीलाई स्यनिटाइजर उत्पादनका लागि आव्हान गरेका थिए।न्यौपानेको सकारात्मक कामको लागि नगर प्रमुखले धन्यवाद दिदै जुन सुकै सहयोग गर्नका लागि नगरपालिका तयार रहेको प्रतिवादत्ता व्यक्त गरेका छन।
विश्व ब्यापी महामारीमा सबै नागरिकले आफ्नो दायित्व पुरा गर्न शिपको उपयोग गर्नु पर्ने भएकोले आफुले नगरपालिकालाई सहयोग गर्न यो उत्पादन शुरु गरेको न्यौपानेले कपन अनलाइनलाई बताएकी छन ।
तपाइँको प्रतिक्रिया ।